दैनिक न्युज नेपाल
काठमाडौँ । एमाले नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले गठबन्धनको सरकार एमालेको तागत देखेर निर्वाचनबाट भाग्न खोजेको आरोप लगाएका छन् ।
प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले २०५९ सालमा जस्तै निर्वाचन नहुने गरी शेरबहादुर देउवाले घटना पुनरावृत्ति गराएको आरोप लगाए ।
उनले भने- पोल्टिकली भ्याकेन्सी क्रिएट गर्ने गम्भीर षड्यन्त्रमा सरकार सामेल भएको छ । महिनासम्म सरकार मौन बस्यो, निर्वाचनबाट भाग्न खोजिरहेको छ ।
उनले एमालेले इतिहासमा पहिलोपटक एकल बहुमतको सरकार बनाउने जीकिर गरे । ‘एमालेलाई कसैको बैशाखीको खाँचो छैन’, उनले भने, ‘अब गठबन्धन संस्कृतिको अन्त्य गरेरै छाडिनेछ ।’
उनले एमसीसी पास गर्ने या नगर्नेबारे सरकार पहिले स्पष्ट बन्नुपर्नेमा जोड दिए । ‘सरकारलाई हतारो छ वा पास गर्नुछ भने संसदमा लगियोस्,’ उनले भने, ‘फैसला गर्ने सार्वभौम संसद नै हो, व्यक्ति व्यक्तिले अध्ययन गरेर हुदैन ।’
उनले विगतका सरकारले नै सम्झौता गरेपछि एमाले सरकारले सभामुखको टेवुलमा लगेको उनले बताए ।
उनले भने काँक्रो चोर्ने अनि बियाँ दलेर सरकारले उन्मुक्ति पाउँदैन । देश र जनताको हितमा छैन, अन्तर्राष्ट्रिय शक्तिको प्ले ग्राउन्ड बनाउने रहेछ भने लत्रिने वा सन्धि सम्झौता गर्ने पक्षमा हुदैनौँ ।
उनले दलीय मर्यादा र अनुशासन तोड्ने एमालेका १४ जना सांसदलाई कारबाही नगरेर न्यायमा ढिलाई गरेको जिकिर गरे । कालापानीमा भारतले बाटो बनाउन खोजेको विषयमा अहिलेको सरकार बोल्नुपर्ने उनले बताए ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij