दैनिक न्युज नेपाल
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले अलिकति इज्जत छोडेपछि जहिल्यै सरकारमा पुगिने दाबी गरेका छन्।
शुक्रबार स्वदेश फर्किएका नेपालीहरूको भेलामा बोल्दै एमाले अध्यक्ष ओलीले माओवादी केन्द्र जहिल्यै सत्तामा पुग्ने गरेको भन्दै कटाक्ष गरेका हुन्।
‘राजनीतिमा अलिकति इज्जत छोड्यो भने जहिल्यै पनि सरकारमा बस्न पाइने रहेछ। जस्तै, प्रचण्डहरू हिजो म प्रधानमन्त्री हुँदा पनि सरकारमै थिए, अहिले कांग्रेस नेतृत्वमा सरकारमा छन्,’ ओलीले भने, ‘कि इज्जतसाथ सरकारमा हुनुपरो कि प्रतिपक्षमा। कि आफ्नो नीति कार्यान्वयन गनुपरो कि गलत नीतिका विरूद्धमा आनो नीति कार्यान्वयन गर्नुपरो।’
उनले विदेशबाट फर्केका नेपालीले अब आफैं नेपाल बनाउनुपर्ने संकल्प गर्न आग्रह गरे।
‘नेकपा एमालेका नीति सही छन्, एमालेले नै देश बनाउँछ भन्नेमा तपाईंहरू विश्वस्त हुनु भएको छ, यो राम्रो हो,’ उनले भने।
गाउँमा बस्नै नसकिने उदाहरण थियो भन्दै ओलीले माओवादीबाट गाउँ, सहर, राजधानी हुँदै विदेश जानुपरेको बताए। ‘यही देशमा हुँदाहुँदै पनि गाउँमा जान सकिएन, जग्गाजमिन बाँझै राख्नुपरो,’ उनले सम्झिए।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij