logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
हातमा मसाल बोकेर संविधान जोगाएका हौं, भ्रष्टाचार सहन्नौंः आरती लामा

हातमा मसाल बोकेर संविधान जोगाएका हौं, भ्रष्टाचार सहन्नौंः आरती लामा


549
SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) निकट बिद्यार्थी संगठन अनेरास्ववियूका महासचिव आरती लामाले आफ्नो माउ पार्टी सत्तामा रहेपनि भ्रष्टाचार विरुद्ध सशक्त भएर लड्ने बताएकी छिन्।

शुक्रबार रुकुम पश्चिमको मुसिकोटमा भएको अनेरास्वयवियूको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव लामाले अघिल्लो ओलि सरकाले गरेको कू का बिरुद्ध हातमा मसाल बोकेर बिद्यार्थीहरु सडकमा उत्रिएको बताइन ।

उनले बिभिन्न कालखण्डमा परिवर्तनको लागि बिद्यार्थीहरु आन्दोलनका मोर्चामा अग्रसर रहेको र ओलि सरकाले गरेको कू का बिरुद्ध लडेर बिद्यार्थीले संविधान जोगाएको ज्युँदो इतिहास रचेको उल्लेख गरिन।

भेला तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि रहेकी महासचिव लामाले दलाल, तस्कर, नोकरशाही पुँजिवादका विरुद्ध लडेको अनेरास्ववियू हिजो, आज र भोलि पनि सर्वहाराको आवाज बन्ने बताइन।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij