logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
काम नगर्ने ठेकेदारलाई थुन्नः रामकुमारी झाँक्री

काम नगर्ने ठेकेदारलाई थुन्नः रामकुमारी झाँक्री


789
SHARES

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले समयमा काम नगर्ने ठेकेदारलाई थुन्न निर्देशन दिएकी छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा भएको सरकारी कार्यालयका कार्यालय प्रमुखहरूसँगको कार्यक्रममा झाँक्रीले कामको जिम्मा लिने र समयमै काम नसक्ने ठेकेदारलाई थुन्न निर्देशन दिएकी हुन् ।

ठेकेदारकै कारण देशका ठूलाठूला विकास निर्माणका काम अलपत्र परेको भन्दै ठेकेदारहरू नसुधारिएसम्म द्रुत गतिमा विकास नहुने झाँक्रीले दाबी गरिन् ।

ठेकेदारहरूले धेरै कामको जिम्मा लिने र समयमा काम पनि नसक्ने र गुणस्तरीय पनि नहुने गरेको बताइन् । सबै विकास निर्माणका काम असार केन्द्रित हुने भएकाले असारे विकासलाई अन्त्य गर्नुपर्नेमा उनले जोड दिइन् ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij