दैनिक न्युज नेपाल
अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्च सिंह
काठमाडौं। नेकपा (माओवादी) केन्द्रको भातृ संगठन अखिल क्रिन्तिकारीकी अध्यक्ष पञ्चा सिहंले पुष्पकमल दाहाल ‘प्रचण्ड’ माइतिघरमा पलेटी कसेर नबसेको
भए मुलुक अध्यारो सुरुङ तिर जाने निश्चित रहेको बताउदै संविधानलाई बचाउन प्रचण्डको भुमिका महत्वपूर्ण रहेको बताएकी छिन् ।
हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले पार्टी मात्र नभएर मुलुकको निम्ति नै प्रचण्डको विकल्प नरहेको दाबी गरिन् ।
साथै, उनले परिवर्तनको एजेण्डालाई संस्थागत गर्ने सवालमा प्रचण्डले महत्वपूर्ण भुमिका रहको उल्लेख गरिन् ।
माओवादी पार्टीको नेतृत्व विलासी जिवनमा रमाउन थालेको हो रु भन्ने प्रश्नमा उनले अन्य पार्टीका नेता भन्दा माओवादी पार्टीको नेतृत्व कम विलासि रहेको भन्दै आफ्नो नेतृत्वको बचाउँ गरेकी थिइन् ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij