दैनिक न्युज नेपाल
काठमाडौं। राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालकी अध्यक्ष सरस्वती सुब्बाले नागरिक समाजका अगुवाहरुको पनि सम्पत्तिको छानबिन गर्नुपर्ने माग गरेकी छिन् ।
पछिल्लो समय बृहत्त नागरिक आन्दोलनको नाममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति छानबिन माग गरिएपछि सुब्बाको यस्तो टिप्पणी आएको हो । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो माग गरेकी हुन् ।
उनले लेखेकी छिन्-“केपी ओलि नेतुत्वको सरकार परिवर्तन भए पछि चुइक नबोलेका नागरिक अगुवाहरु आज प्रधानन्यायाधीशको सम्पत्ति छानबिन गर्न माग गर्न गएछन्।
सम्पत्ति प्रधानन्यायाधीश संगै नागरिक अगुवाहरुको पनि छानबिन गरौं, के खाएर साच्चिकै आजभोलि चुपचाप बसेका छन्।”

© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij