logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
माओवादी पार्टी कमजोर हुनुमा मै दोषीः प्रचण्ड

माओवादी पार्टी कमजोर हुनुमा मै दोषीः प्रचण्ड


406
SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी कमजोरमा हुनुमा मुख्य दोषी आफैं भएको बताएका छन् ।

आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक प्रतिवेदनमा सबैभन्दा बढी आफ्नै समीक्षा र आत्मसमीक्षा गरेको बताएका छन् ।

उनले जनयुद्धदेखि अहिलेसम्म आइपुग्दा धेरै वटा घटनामा आफू नेतृत्व गरेको र अहिले माओवादी केही कमजोर भएको महसुस भएको बताए ।

‘जनयुद्धको तयारीदेखि त्यसको सञ्चालनसम्मको नेतृत्व गरेँ । १२ बुँदे समझदारी र शान्ति सम्झौतासम्ममा सहभागी भएँ । संविधानसभा निर्माणदेखि संविधान निर्माण भयो ।

सरकारको नेतृत्व गरेँ’ दाहालले भने, ‘पछिल्लो समयमा माओवादी केही कमजोर भएको महसुस भएको छ । अरुलाई आलोचना होइन,आरोपित गरेर हुँदैन । मैले आफैंलाई चिरफार गरेको छु ।’

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij