दैनिक न्युज नेपाल
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले लाखौँ नागरिकलाई नागरिकताबाट बञ्चित गरेको भन्दै आपत्ति जनाएका छन् ।
तराईरमधेशका लाखौँ नेपाली नागरिकलाई सरकारले नागरिकता नदिने र मतदान गर्ने अधिकारबाट पनि बञ्चित गरेको उनको भनाइ थियो ।
नेपाल इन्जिनियर्स एसोसिएसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा यादवले नागरिकता सम्बन्धी ऐन अझै बन्न नसकेको बताए ।
संघीयताको कार्यान्वयन समेत इमान्दार ढंगले नभएको उनको भनाइ थियो ।
‘संविधान घोषणा भएको यत्रो वर्ष भइसक्दा पनि अझै संघीयता कार्यान्वयन गर्नका लागि प्रयास गरिएको छैन,’ यादवले भने, ‘संविधानमा एसो पल्टाउँदा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल ।
तर, संघीयताको कार्यान्वयन गर्न अहिलेसम्म संघीय निजामती ऐन समेत बनाउन सकेका छैनौँ ।’
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij