logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
कांग्रेसमा उदय भएको नयाँ पुस्ताको प्रभाव एमालेमा पनि पर्छः योगेश भट्टराई

कांग्रेसमा उदय भएको नयाँ पुस्ताको प्रभाव एमालेमा पनि पर्छः योगेश भट्टराई


784
SHARES

नेकपा एमालेका सचिव योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले कांग्रेसमा नयाँ पुस्ता उदयको प्रभाव एमालेमा पनि पर्ने बताएका छन् । गृहजिल्ला ताप्लेजुङमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले एमालेको नवौं महाधिवेशनको प्रभाव अहिले कांग्रेसमा परेको र कांग्रेसको प्रभाव पनि एमालेमा पर्ने बताए ।

कांग्रेस उपसभापतिमा निर्वाचित धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै भट्टराईले भने, ‘एमालेको नवौं महाधिवेशनमा हामी पनि यसरी नै निर्वाचित भएर आएका थियौं । कांग्रेसमा त्यसको प्रभाव परेको थियो । कांग्रेसको प्रभाव पनि एमालेमा पर्छ । एउटै धर्तीमा बसेर राजनीति गरिरहेकाले प्रभाव पर्नु स्वभाविक हो ।’

एमाले र कांग्रेस मुलुकलाई अप्ठेरो पर्दा मिलेर त्यसको सामना गर्ने र सहज परिस्थितिमा प्रतिष्पर्धा गर्ने दुई शक्ति भएको उनले बताए ।

यस्तै एमालेले संसद्‍ अवरुद्ध नगरेको पनि उनको जिकिर थयो । सभामुखले चित्तबुझ्दो जवाफ नदिएसम्म यही अवस्थामा रहने नेता भट्टराईको भनाइ थियो । अहिले सभामुखले सञ्चारमाध्यम मार्फत् धम्क्याउन थालेको भन्दै उनले यसअघिका सभामुख हुँदा यस्ता समस्या नआउनु र अग्नि सापकोटा हुँदा आउनु सभामुखको असफलता भएको बताए ।

नेतृत्वदेखि कार्यकता तहसम्म माओवादीको ठूलो समूह एमालेमा भएकाले आगामी निर्वाचनमा एमालेलाई जित सहज रहेको उनको दाबी छ । पार्टीले अबको तीन महिना पार्टी प्रवेश अभियान चलाउने र त्यस अवधिमा एकीकृत समाजवादीमा गएकाहरूलाई फर्काउने उनले बताए ।

‘अरुलाई पनि भित्र्याउँछौं, विशेषगरी एकीकृत समाजवादीमा गएका साथीहरूलाई फर्काउँछौं’ उनले भने । सन् २०२१ एमालेका लागि सकसको वर्ष भए पनि आगामी पुस १५ पछि सुरु हुने सन् २०२२ को वर्ष एमालेका लागि पुनरोदय र पुनर्जागरणको वर्ष हुने भट्टराईले बताए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij