दैनिक न्युज नेपाल
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र सशक्तरुपमा प्रस्तुत हुने बताएका छन्। काठमाडौंमा पत्रकारसम्मेलन गर्दै कोइरालाले यस्तो बताएका हुन्।
‘यो अवधिमा पार्टी बेथितिको हिसाबले चल्यो। त्यस्तै चले सशक्तरुपमा प्रस्तुत हुन्छौं। मलाई कुनै कुण्ठा पनि छैन। कसले के गर्यो भन्ने मलाई केहि छैन,’ उनले भने।
उनले सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई बधाइ पनि दिए। ‘शेरबहादुरजीलाई विजयी हुनुभएकोमा बधाइ दिन चाहन्छु।
चार वर्षको कार्यकालको सफलताको कामना गर्छु। प्रतिस्पर्धा आन्तरिक लोकतन्त्र हो। स्वस्थ प्रतिपर्धाबाट उहाँ विजयी हुनुभयो,’ उनले भने।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij