logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
अब शेखरले सभापतिमा देउवासंग प्रतिस्पर्धा नगर्दा राम्रो हुन्छः प्रकाशशरण महत

अब शेखरले सभापतिमा देउवासंग प्रतिस्पर्धा नगर्दा राम्रो हुन्छः प्रकाशशरण महत


363
SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापतिका लागि दोस्रो चरणको निर्वाचनमा नहोमिन शेखर कोइरालालाई आग्रह गरेका छन् ।

अभिमतको सम्मान गर्दै कोइरालाले अब सभापतिमा प्रतिस्पर्धा नगर्दा राम्रो हुने उनले बताए ।

भृकुटीमण्डपमा पत्रकारहरूसँग कुरा गर्दै महतले एकताको सन्देश दिन कोइरालाले दोस्रो चरणमा चुनाव नलड्दा राम्रो हुने बताएका हुन् । उनी देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन् ।

यद्यपि, यसबारे कोइरालासँग कुरा भने नभएको उनले बताए । पहिलो चरणमा कसैको पनि ५० प्रतिशत मत नकटेपछि सभापति छान्न कांग्रेसको दोस्रो चरणको निर्वाचन हुँदैछ ।

प्रतिस्पर्धाबाट बाहिरिएका प्रकाशमान सिंह र विमलेन्द्र निधिले दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

 

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij