logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
देउवाजस्तो परिपक्व र प्रदीप पौडेलजस्तो युवा बोकेको कांग्रेस बन्दैछः कृष्णप्रसाद सिटौला

देउवाजस्तो परिपक्व र प्रदीप पौडेलजस्तो युवा बोकेको कांग्रेस बन्दैछः कृष्णप्रसाद सिटौला


492
SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी चुनाव कांग्रेसले जित्न सभापतिमा शेरबहादुर देउवा दोहोरिनु पर्ने बताएका छन्।

आइतबार दिउँसो लैनचौरमा आयोजित कार्यक्रममा बोल्दै सिटौलाले महाधिवेशन प्रतिनिधिलाई सुझबुझका साथ निर्णय गर्न आग्रह गरे।

‘तीनरचार महिनापछि मुलुकमा निर्वाचन हुँदैछ। अब हाम्रासामू सभापति हारेको, हारेको मनोबल गिरेको प्रधानमन्त्रीको नेतृत्वमा चुनावमा जाने कि जितेको र मनोबल उच्च भएको प्रधानमन्त्रीले चुनाव गर्ने विकल्प छ,’ सिटौलाले भने,

‘सिङ्गो पार्टीलाई एक ढिक्का बनाएर देशलाई उच्च मनोबलका साथ हामी निर्वाचनमा जानुपर्छ। त्यसका लागि देउवालाई निरन्तरता किन नदिनेरु’

उनले देउवालाई सभापतिमा निरन्तरता दिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताए।

‘म सडकमा बसेर पनि पार्टी र सरकारलाई साथ दिन्छु। देउवाजस्तो परिपक्व र प्रदीप पौडेलजस्तो युवाहरू बोकेको काङ्ग्रेस बन्दैछ,’ सिटौलाले भने,‘अब देउवाको नेतृत्वमा पार्टीलाई एकतावद्ध बनाएर लैजानुहुन्छ।

नयाँ उत्साह र उमंग ल्याएर पार्टीलाई अगाडि लैजानु हुन्छ भन्नेमा विश्वस्त छु।’

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij