logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
दुई मतले सभापतिमा पराजित भएका घिमिरेको माग- ‘प्रदेश १ मा पुनः मतगणना गर्नुपर्छ’

दुई मतले सभापतिमा पराजित भएका घिमिरेको माग- ‘प्रदेश १ मा पुनः मतगणना गर्नुपर्छ’


308
SHARES

काठमाडौं । नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापति पदमा उम्मेदवारी दिएका पौडेल पक्षका गुरुराज घिमिरेले पुन मत गणना गर्नु पर्ने माग गर्दे लिखित निवेदन दिएका छन् ।

उनले संस्थापन समूहका उद्धव थापासँग दुई मतको झिनो अन्तरले पराजित भएपछि पुन मत गणना गर्नु पर्ने माग गरेका हुन् ।

घिमिरेले मत परिणाममा चित्त नबुझेपछि पुनः मतगणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा निवेदन दिए ।

आज बिहान निर्वाचन समितिले घोषणा गरेको मतपरिणाम अनुसार थापाले ८ सय ४४ मत पाएका थिए भने घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका थिए ।

पदाधिकारीमा एक महामन्त्रीबाहेकका अन्य पदहरुमा पनि थापा पक्ष नै विजयी भएको छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij