दैनिक न्युज नेपाल
नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाई
काठमाडौं । नेकपा एमालेका नेता दुर्गा प्रसाईले अब नेपालमा सनातन हिन्दुराज्यको आवश्यकता रहेको बताएका छन् । नवर्निवाचीत राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिँदै उनले २०६२-६३ को जनआन्दोनको म्यागनेटमा हिन्दुराज्य हटाउँने नभएको र र्धमनिरपेक्ष गर्ने नभएको बताए ।
उनले एक टेलिभिजनसँगको अन्तरर्वार्तामा राजेन्द्र लिङ्देनको पार्टीले पटकपटक संघीयता, धर्मनिरपेक्षता जस्ता कार्यहरु स्वीकार गर्दै सरकारमा आएको बताए । उनले भने, ‘जतिखेर मन्त्रीबाट हट्नुहुन्छ त्यतिखेर नै राजासहितको हिन्दुराष्ट्र चाहिन्छ भन्नुहुन्छ । यहाँ निर केमेष्ट्रि मिल्दैन ।’
यसैक्रममा प्रसाईले आफूलाई हिन्दु भक्त भएको प्रमाणित गर्दै हिन्दुराष्ट्र नै चाहिने बताए पनि पार्टीबीच हिन्दुराज्यमा कार्यगत एकता हुन नसक्ने बताए । उनले यो राष्ट्र हिन्दुराज्य बन्नु पर्छ भन्ने आफ्नो चाहाना भएको बताए । यस्तै उनले हिजोको दिनमा कम्युनिस्टको भोटले गर्दा नै राजेन्द्र लिङ्देन जितेको बिर्सिन नहुने जिकिर गरे ।
दरबार छोडेर जाँदा राजाले जनताको नासो जनतालाई बुझाएको र देश बनाओ भनेर छोडिदिएको बताउँदै, यो देशमा कसैले नमानेको संविधान राजा ज्ञानन्द्रले मानेको प्रसाईले दावी गरे । उनले अहिलेका नेतृत्वले देश बनाउने ठाउँमा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका गरी देश नै सक्काएको आक्रोश व्यक्त गरे । नेताले आफ्नो पार्टीको अध्यक्ष जितेर, आफू मात्र ठूलो भएर केही नहुने बताउँदै अब जनता र देशले जित्नु पर्ने उनको भनाइ छ । यसैक्रममा उनले अब आमनेपालीले जितेर विदेशीयका नेपाल जोड्ने भिजनसहितको नेतृत्व चाहिएको बताए ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij