दैनिक न्युज नेपाल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् ।
अभिनेत्रीसमेत रहेकी रेखा थापा महामन्त्रीमा पराजित भइन् ।
अन्तिम मतपरिणाम अनुसार कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् ।
रेखाले १६४० मत ल्याएकी छन् । पराजित भएपछि प्रतिक्रिया दिँदै रेखाले राप्रपालाई कमल थापाको कोठेबारीबाट निकालिएकोमा खुसी व्यक्त गरिन् ।
‘राप्रपालाई कमल थापाको कोठेबारीबाट निकालियो, यसैमा खुसी छु’, उनले भनिन् ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij