logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
किरातहरुको ऐतिहासिक भुमि भएकोले १ नम्वर प्रदेशको नाम किरात नै हुन्छः जयराम यादव

किरातहरुको ऐतिहासिक भुमि भएकोले १ नम्वर प्रदेशको नाम किरात नै हुन्छः जयराम यादव


1.3K
SHARES

प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादव

काठमाडौं । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादवले १ नम्बर प्रदेशको नाम किरात हुने बताएका छन् ।

मंगलबार इलामको माङ्सेबुङ गाउपालिका पुगेर मन्त्री यादवले यस्तो बताएका हुन् ।

जनता समाजवादि पार्टीका एक नम्बर प्रदेश संसदिय दलका नेता समेत रहेका मन्त्री यादवले एक नम्बर प्रदेशमा किरात र लिम्बु बंशकै बर्चस्व कायम रहेकोले दलहरु सहमत भए प्रदेशको नाम किरात नै हुने पक्का छ।

ऐतिहासिक पहिचानका आधारमा किरात, किरात लिम्बुवान, बहुपहिचानका आधारमा कोशि किरात, नदि भुगोलका नामका आधारमा कोशि सगरमाथा जस्ता नाम को चर्चा चलिरहेको बेला मन्त्री यादवले प्रदेशको नाम ‘किरातञराख्नु पर्ने अभिव्यक्ति दिए सङ्गै फेरि नामङ्कनको बिसयले चर्चा कमाएको छ।

अघिल्लो सरकारले प्रदेशको नाम टुङ्ग्याउन नसकेको कारण आफुहरुले अब मन्त्री परिषद मा नामको बिसयलाई छलफल गरेर प्रदेश सभामा अनुमोदन गर्न लाने केन्द्रिय सरकार र नेताहरुको मुख नताक्ने मन्त्री यादवको तर्क छ।

गत कार्तिक मा किरात राई यायोक्खाले काठमाडौमा आयोजना गरेको अन्तरास्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले समेत एक नम्बर प्रदेशको नाम अब चाडैं टुङ्याउने र त्यो पहिचानकै आधारमा राखिने वताएका थिए।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij