आइतबार, कार्तिक ७ २०७८

म मन्त्री होइन, तपाईहरुको सेवक हुँः महेन्द्र राय यादव


  • दैनिक न्यूज नेपाल
  • बिहिबार, असोज २८ २०७८
155
SHARES

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले आफू मन्त्री नभएर जनताको सेवक भएको बताएका छन ।

कृषि मन्त्रीमा नियुक्त भएपछि गृहजिल्ला सर्लाही पुग्नु भएका मन्त्री यादवको स्वागत तथा दशैंको शुभकामना अदानप्रदानका लागि काविलासीमा आयोजना भएको कार्यक्रममा उनले आफू यो देशको मन्त्री भएपनि यो क्षेत्रकाताका लागि आफू सेवक मात्र रहेको दाबि गरेका छन ।

उनले भने तपाईहरुको मतले नै म माथी पुगेको हुँ, तर माथी भएपनि तपाईहरुको भन्दा तल नै छु, तपाईहरुको सेवक नै हुँ, जतिसक्छु तपाईहरुको सेवा गर्छु ।

नेपालको राजनीतिक परिवर्तनमा काविलासी नगरपालिको प्रमुख भूमिका रहेकाले यसको समृद्धि र विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।

यो क्षेत्रका जनताको सुख समृद्धिका लागि कामना गरेको उल्लेख गर्दै उनले समाजमा भाइचारा सम्बन्ध बनोस् भनि कामना समेत गरेका छन । जहाँ अन्याय हुन्छ, जहाँ अत्याचार हुन्छ, त्यसको अन्त्यका लागि दुर्गाको पुजा हुने गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार