आइतबार, कार्तिक ७ २०७८

शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न प्रयत्न गर्नेछुः शिक्षा मन्त्री पौडैल


  • दैनिक न्यूज नेपाल
  • शुक्रबार, असोज २२ २०७८
187
SHARES

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि आफ्नो प्रयत्न रहने बताएका छन।

आज शुक्रवार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै आमूल परिवर्तनका लागि आफ्नो प्रयत्न रहने बताएका हुन ।

उनले आफूले देश र नागरिकको पक्षमा शिक्षा क्षेत्रबाट हुनुपर्ने काम गर्ने र अहोरात्र खटेर परिणाम निकाल्ने बताए ।

उनले भने, ‘शिक्षाका समस्याहरू छन् । शिक्षा मन्त्रालयले पहिलेदेखि नै केही सुधार गर्ने प्रयत्न गरेको छ ।

म आफ्नो लागि वा कसैको लागि व्यक्तिगत प्रयोजनका लागि भन्दा पनि शिक्षामा आमूल परिवर्तन गर्ने प्रयत्न गर्नेछु र त्यसको साथसाथै देश र नागरिकको पक्षमा शैक्षिक क्षेत्रबाट हुनुपर्ने कामहरूको निम्ति अहोरात्र खटेर परिणाम निकाल्ने प्रयत्न गर्नेछु ।’

मन्त्री पौडेलले समाजवाद उन्मुख राज्य प्रणाली स्थापनाका लागि शिक्षा क्षेत्रबाट गर्नुपर्ने शैक्षिक सुधार, आवश्यक जनशक्ति उत्पादन र नीतिगत सुधार गर्नका लागि पनि आफ्नो तर्फबाट सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले शैक्षिक बेरोजगारको समस्या समाधानका निम्ति आफ्नो अधिकतम प्रयत्न रहने उल्लेख गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार