आइतबार, कार्तिक ७ २०७८

एकीकृत समाजवादीमा अवसरवादी मालामाल, साथ दिने पुराना नेताको बेहाल !


  • दैनिक न्यूज नेपाल
  • शुक्रबार, असोज २२ २०७८
391
SHARES

काठमाडौं । नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एसमा अवसरवादी मालामाल र पुराना नेता बेहाल हुने अवस्था देखिएको छ ।

पदकै लागी एमाले फुटाएको गम्भिर आरोप लागेका नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले मन्त्रीको भागवण्डा टुंगो लगाउँदा उनी माथी लागेको आरोप पुुष्टि हुने गरि काम गरेका छन् ।

नेकपा एसले मन्त्रीको नाम टुंगो लगाए सँग चर्को असन्तुष्टि देखिएको छ ।

माधव नेपाललाई लामो समय देखी साथ दिँदै आएका पुराना नेताहरु मकुन्द न्यौपाने,  वेदुराम भुषाल देखी जीवनराम श्रेष्ठ सम्मले ले सिंगो एमाले हुँदा त मौका पाएनन् नै एमाले फुटेर नेकपा एसमा गएर माधव नेपाललाई काँध थाप्दा पनि मौका पाएनन् बरु प्रेम आले र किसान श्रेष्ठहरु जस्ता अवसरवादीहरुलेनै तर मारे ।

माधव नेपालले विरोध खतिवडा , रामकुमारी भाँक्री , किसान श्रेष्ठ र प्रेम आलेलाई मन्त्री र भवानी खापुङलाई राज्यमन्त्री बनाउँने निर्णय गरेका छन् । विरोध खतिवडा बाहेकका सिंगो एमाले रहेको अवस्थामा कोही पनि मन्त्री बन्न लायक नरहेको चर्चा बजारमा चलेको छ ।

अहिले एमालेमै रहेका केपी ओली निकटकै नेताहरुले पनी विरोध खतिवडालाई यस अघि नै मन्त्री नबनाउँदा अन्याय भएको स्विाकार गर्दछन् । मकवानपुर बाट पटक पटक सांसद बनेर पनि मन्त्री बन्न नपाएका कडा मिजासका खतिवडा एस पार्टीको जनाधार भएका एक मात्रै नेता हुन् ।

२०५४ सालमा एमाले फुटाएर नेकपा माले तिर लागेकी रामकुमारी झाँक्रीले फेरी पनि एमाले विभाजनमा साथ दिएर मन्त्री पड्काएकी छिन् । नेतालाई गाली गरेर नै मौका पाइन्छ भन्ने मानक उनले स्थापीत गराएकी छिन । झाँक्री अहिले जसरी केपी ओलीलाई गाली गर्छिन उ बेला माधव नेपाललाई यो भन्दा चर्को सँग गाली गर्ने गर्थिन्।

लामो समय सम्म केपी ओलीका एस म्यान बनेर काम गरेका प्रेम ओले र किसान श्रेष्ठले पनि माधव नेपाल तिर जम्प गरेर तर मारेको छन् । परमादेश बाट प्रधानमन्त्री बनेका देउवाले विश्वासको मत लिने दिन ओलीबाट नेपाल तिर लागेर अवसरवादको मुकुण्डो उतारेका आले र श्रेष्ठले मन्त्री पड्काएका छन्।

माधव नेपाललाई पछिल्लो समय निकै चर्को रुपमा साथ दिँदै आएका मेटमणी चौधरीको भने मुखैमा आएको मन्त्री पद खोसिएको छ । आफु मन्त्री बन्ने भन्दै सार्वजनिक रुपमै बोल्दै हिँडेका चौधरीलाई माधव नेपालले अन्तिममा हिस्स बनाइदिएका छन् ।

नेकपा एसले सरकारमा जाने फाइनल नगर्दै मेटमणी चौधरी ,प्रेम आले लगायतका नेताहरु हामीलाई मन्त्री बनाउँनुस भन्दै सिँधै देउवालाई भेट्न बालुवाटार पुगेका थिए । सांसदहरुले दाम्लो चुडाउँन लागे भन्दै माधव नेपालले सार्वजनिक रुपमै बोलेका थिए ।

आखिर दाम्लो होइन किलै उखेलेर जाँदा पनि केही अवसरवादी बाहेक माधव नेपाललाई साथ दिएका पुराना नेताहरु भने यस पटक पनि दर्शकनै बन्न बाध्य भएका छन् । मन्त्रीको नाम फाइनल भए सँगै एस पार्टीमा चर्को असन्तुष्टि देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार