आइतबार, कार्तिक ७ २०७८

राष्ट्रवादी केन्द्रको एमसीसी बिरुद्ध बिरोध प्रदर्शन (फोटोफिचर)


  • दैनिक न्यूज नेपाल
  • बिहिबार, असोज २१ २०७८
255
SHARES

काठमाडौं । एमसीसी परियोजना खारेज गर्नुपर्ने भन्दै राष्ट्रवादी केन्द्र नेपालले बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

एमसीसी परियोजना मुलुकको हितमा नरहेको भन्दै राष्ट्रवादी केन्द्र नेपालले काठमाडौंको भृकुटिमण्डपबाट सुरु गरेको बिरोध प्रदर्शन र्याली बसन्तपुरमा पुगेर अन्त्य भएको थियो ।

राष्ट्रिय झण्डासहित प्रदर्शनमा आएका सहभागीहरुले एमसीसी सम्झौता राष्ट्रघाती भएको आरोप लगाएका थिए ।

प्रदर्शनमा सहभागीहरुले एमसीसी परियोजना खारेज गर, एमसीसी सम्झौता चाइदैन लगाएतका नारा लगाएका थिए ।

फोटोः सुचित मंहाका

 

प्रतिक्रिया
सम्बन्धित समाचार