आइतबार, कार्तिक ७ २०७८

प्रचण्डको आत्महत्या प्रसंग र मोहन वैद्यको सिंहानुक राजतन्त्र


  • दैनिक न्यूज नेपाल
  • मंगलबार, असोज १९ २०७८
241
SHARES

  • अर्जुन ज्ञवाली

प्रचण्डले एउटा कार्यक्रममा आफूलाई राजनीतिक घेराबन्दी गरेको देख्दा र पार्टीभित्र सबैलाई मन्त्री चाहिएको देख्दा आत्महत्या गरौं गरौं जस्तो लागेको अभिव्यक्ति सामान्य होइन । युरो अमेरिकी रणनीतिमा माओवादी हिंसालाई सबैभन्दा बढी सहयोग गर्ने देशी विदेशी शक्ति को हुन् भन्ने कुराको जानकार प्रचण्ड, बाबुराम र मोहन वैद्यभन्दा अरु छैनन् ।

जुन देशी विदेशी शक्तिले हिजो प्रचण्डलाई नायक बनाएका थिए तिनै शक्तिहरू उनको राक्षसीकरण गर्न उद्दत छन् । विशेष गरेर नेपाली सेनाभित्रको राजा विरेन्द्रको हत्या गर्ने गिरोहले माओवादी हिंसालाई देशभित्र सहयोग गरेको थियो भने वाह्य रूपमा क्रिश्चियन मिशनअन्तर्गत युरो अमेरिकी मिशनसँग जोडिएको भारतीय खुफिया एजेन्सी रअ र भाजपाको मुल संगठन आरएसएसले गरेका थिए ।

राजा वीरेन्द्रको हत्याको समयमा भारतमा भाजपाका अटल बिहारी बाजपेयी प्रधानमन्त्री थिए भने बाजपेयीलाई निवेदन दिने बाबुराम र प्रचण्ड थिए । यसर्थ प्रचण्ड जति देशी विदेशी शक्तिको प्रयोग भएको पात्र नेपालको राजनीतिक इतिहासमै नहोला ।

यतिबेला माओवादी हिंसामा सेनाकै गुप्तचर विभागमा काम गर्ने यमबहादुर अधिकारी माओवादीमा सामेल हुँदै सैन्य जनरल छन् । सैन्य जनरल कुमार फुदुङ जो क्रिश्चियन पादरी धर्म निरपेक्षता घुसाउने पूर्व सभामुख सुभाष नेम्वाङका बहिनी ज्वाइँ हुन् ।

फुदुङलाई सांसद बनाउने प्रचण्ड, बाबुराम, मोहन वैद्यको युद्ध सेनाभित्रको क्रिश्चियन लिगेसी बोकेको राणा केन्द्रले चलाएको थियो । त्यसका सारथी थिए प्रज्वलसमशेर जबरा र कुमार फुदुङ । अहिले माओवादी केन्द्र्रमा रहेका हरिबोल गजुरेल लगायत जनार्दन शर्मा, वर्षमान पुनहरू भनेका तिनै कुमार फुदुङले भर्ना गरेका सिपाही हुन् । यतिबेला मानौ प्रचण्ड बाहेक सबै युद्ध सरदारहरू निर्दोष हुन् भन्ने प्रचारात्मक अभियान चलाइरहेका छन् ।

प्रज्वलसमशेर जबरा, कुमार फुदुङ, बाबुराम, बादल, वैद्य, विप्लव, यामबहादुर अधिकारी मात्र होइन माओवादी हिंसामा सामेल भएका पत्रकार, बुद्धिजीवी, त्यो हिंसालाई सहयोग गर्नेहरू सेना र प्रहरीभित्रका कुमार फुदुङ प्रवृत्ति प्रचण्ड भन्दा ठूला अपराधी हुन् ।

यतिबेला प्रचण्डमाथि मात्रै आक्रमण हुनुको मुल कारण हो, दरबार हत्याकाण्ड र राजतन्त्रको विस्थापनपछि नेपाल कब्जा गरेको ठानेका इन्डो अमेरिकी क्याम्पलाई प्रचण्डमार्फत् बिआरआई सम्झौता, नेपाल चीन व्यापार पारवाहन सम्झौतासहितका दीर्घकालिन सम्झौता हुनु र एमसीसीमार्फत् आएको अमेरिकी सैन्य योजना असफल पारिदिएकाले प्रचण् विरुद्ध प्रचारात्मक अभियान केन्द्रीत भएको हो ।

यसकारण प्रचण्डले व्याङ्ग्यात्मक रूपमा आत्महत्याको अभिव्यक्ति दिनुमा धेरै कोणबाट अर्थपूर्ण रहेको छ । यो अवस्थामा राजनीतिक शक्ति सन्तुलनका लागि प्रचण्ड या माओवादी हिंसा मन नपरे पनि अनिवार्य आवश्यकता बन्न पुगेको छ ।

मोहन वैद्यको सिंहानुक राजतन्त्र
नेपाली सेनाकै विशेष गरेर पूर्व सेनापति रुकमाङगद कटवालले परिचालन गरेका रअसँग पनि आवद्ध मिशनरी पत्रकारले लिएको एउटा टेलिभिजन अन्तर्वार्तामा मोहन वैद्यले यो व्यवस्था त रहँदैन के राजा ज्ञानेन्द्र सिंहानुक बन्न तयार छन् ? श्रीपेचको बारेमा नयाँ कोणबाट बहस गर्न सकिन्छ भनेका छन् । अहिले राजा ज्ञानेन्द्र पुनस्र्थापित राजा बन्न पनि तयार छैनन् र सिंहानुक बन्न पनि तयार छैनन् किन ? अहिलेको अवस्थामा पुनस्र्थापना हुनु भनेको अफगानिस्तानका जाहिर शाह हुनु हो ।

त्यो अवस्था देश छाड्नु पर्ने अवस्था सिर्जना गर्ने देशी विदेशी इन्डो पश्चिमाले ल्याउन सक्छन् । भारतको भाजपा, आरएसएस र यिनका मतियारहरू दलाई लामा बनाउनका लागि पुनस्र्थापनाको हौवा खडा गरेर नेपालबाट लखेट्न प्रयत्नरत छन् । यसका लागि आरएसएस मिशनमा गणतन्त्रवादी पूर्व प्रधानसेनापति रुकमाङगद कटवालसहित सेनाभित्र, प्रहरीभित्र र बाहिर ठूलो गिरोह क्रियाशील रहेको छ ।

जो हिन्दू व्यानरमा खेल्न खोजिरहेका छन् । यसलाई र यस्ता अभियानलाई राजा ज्ञानेन्द्रका वरिपरिका रअ र सिआइएसँग जोडिएका कर्मचारीहरू, सचिवहरू यो मिशनमा दिलो ज्यान दिएर क्रियाशील छन् । यिनीहरूको उद्देश्य नेपालबाट लखेटेर दलाई लामा जस्तै निर्वासनमा राख्ने र बौद्ध धर्मको ब्यानरमा दलाई लामा जस्तै हिन्दू ब्यानमार नेपालका राजालाई राख्ने हो । यसकारण पुनस्र्थापना तत्काललाई न सम्भव छ, न त राजा ज्ञानेन्द्रलाई नै स्वीकार्य छ ।

सिंहानुक मोडल पनि हुँदैन
सिंहानुक मोडलका लागि अहिले परिपक्व अवस्था सिर्जना भएको छैन । त्यसको लागि वापमन्थीहरूको पुनः धु्रविकरण र सत्ता कब्जा हुनुपर्दछ । केपी ओलीको दम्ब र इन्डो पश्चिमा नीतिका कारण सिंहानुक मोडल तत्काललाई धक्का लागेको छ ।

जहाँसम्म मोहन वैद्यले नेपाली सेनाकै जासुस अन्तर्वार्ताकारलाई दिएको अन्तर्वार्तामा आएको सिंहानुक मोडलको प्रसंग हो त्यो प्रायोजित हो । कुनै पनि एजेन्डा बोक्न सही पात्र आवश्यक हुन्छ । वास्तवमा चर्च मण्डलीका अध्यक्ष केबी रोकायको हिन्दू अधिराज्य, मोहन वैद्यको सिंहानुक र बाबुराम भट्टराईको साँस्कृतिक राजा एउटा केन्द्रका एजेन्डा बदनाम गर्ने उद्देश्य अनुरूप फ्याँकिएको जालो मात्रै हो ।

यी एजेन्डा बक्नेहरू युरोपियन क्रिश्चियन पादरी हुन् । मोहन वैद्य, बाबुराम र प्रचण्ड भन्दा पनि खतरनाक क्रिश्चियन मिशनरीका परिचालित पात्र हुन् । पहिलो संविधानसभाको विघटनपश्चात् जब माओवादी पार्टी विभाजन भयो मोहन वैद्यले नेतृत्व गरेको पार्टीलाई चीनले आमन्त्रण ग¥यो । त्यहाँ भएका गोप्य कुराहरू वैद्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सार्वजनिक गरिदिए ।

यसबाट वैद्य पूर्ण रूपमा क्रिश्चियन मिशनरीका प्रायोजित पात्र हुन् भन्ने कुरा प्रमाणित भइसकेको छ । यो अवस्थामा वर्तमान सेना विघटन या औचित्यहिन नबनाएसम्म सिंहानुक मोडल पनि सुरक्षित हुन सक्दैन । यो नेपाली आवरणको राष्ट्रसंघको शान्ति सेना र भारतको मानार्थ सेना हो । कम्बोडियामा जस्तै यसलाई पूर्ण रूपमा विघटन गरिनु पर्दछ ।

जनतामा जनपद प्रहरी छ भने सिमानामा सशस्त्र प्रहरी । त्यसकारण यो क्रिश्चियनप्रति बफादार सेनाको औचित्य सकिएको छ । औचित्यहिन सेना राष्ट्रको लागि बोझमात्रै हो । यो पृथ्वीनारायण शाह र बहादुर शाहको लिगेसीको सेना होइन । कोतपर्वमार्फत् देशभक्तहरूको हत्या गर्ने जंगबहादुरलाई साथ दिएको राष्ट्रघाती सेना हो । २०५८ जेठ १९ मा राजा वीरेन्द्रको कत्लेआम गरेको सेना हो । दक्षिण एसियामै औचित्यहिन र भ्रष्ट सेना हो । नेपाल राष्ट्र, धर्म, संस्कृतिको रक्षाका लागि यो राष्ट्रसंघीय सेनाको विघटन अनिवार्य छ ।

यो अवस्थामा सेनालाई औचित्यहिन सिद्ध गर्दै विघटनको चरणमा नपु¥याउँदासम्म सिंहानुक मोडल सम्भव छैन । राजा विरेन्द्रको जस्तै हत्या हुन सक्दछ । किनभने राजा ज्ञानेन्द्रले कम्बोडियाका राजा नरोद्दम सिंहानुकले राष्ट्रघाती सिआइए एजेन्ट लोन नोलको सेनासँग जस्तो विद्रोह गरेका छैनन् । यसकारण राजा ज्ञानेन्द्र सिंहानुक होइनन् ।

उनी राजा वीरेन्द्रको हत्या गरेको र गणतन्त्र ल्याउन सहयोग गरेको यही इन्डो अमेरिकी नेपाली नामक अमेरिकी सेनाको सुरक्षामा छन् । सिंहानुक त चीन निर्वासनमा बसेर माओको सहयोगमा कम्बोडियाको राष्ट्रघाती सीआइए पालित पोषित सेनासँग संघर्ष गरेका थिए । राजा ज्ञानेन्द्रले त्यसरी संघर्ष गरेका छैनन् ।

स्पष्ट रूपमा भन्नुपर्दा उनी आफैंमा दिशाहिन, अकर्मन्य छन् । जहाँसम्म राजतन्त्रको पुनस्र्थापना र हिन्दू अधिराज्यको कुरा छ त्यो नेपालको सन्दर्भमा कति औचित्यपूर्ण छ रु २०२८ सालको नयाँ शिक्षा ल्याएका राजा वीरेन्द्र र पश्चिमा शिक्षाबाट दिक्षित ज्ञानेन्द्र दुवै हिन्दू राजा होइनन् । न त यो सेना गोरखनाथ, भैरवनाथ, मत्स्येन्द्रनाथ लिगेसीको सेना हो ।

यसर्थ अब नेपालको हिन्दुत्व योगी नरहरिनाथले मार्गदर्शन गरेको गोरखनाथ धाराको वैदिक साम्यवादको दिशा हो र त्यसमा सिंहानुनक मोडलको फ्युजन हो । यसकारण आरएसएस, काँगे्रेसी आरएसएस या यहाँका केही मण्डलेहरूले बोकेको पश्चिमा परस्त हिन्दू अधिराज्य होइन र हुन पनि सक्दैन ।

हामीले के पनि बिर्सनु हुँदैन भने योगी नरहरिनाथलाई नयाँ शिक्षाको विरोध गर्दा जेलमा करेन्ट लगाएर हत्या गर्न खोज्नेहरू हुन् या पशुपतिको मृगस्थलीमा योगीका दस्तावेज सडाउने, छाप्न नदिनेहरू दरबारभित्रको राजाका आवरणका क्रिश्चियन हुन् । राजा ज्ञानेन्द्र वा वीरेन्द्रको दरबार मत्स्येन्द्रनाथ, गोरखनाथ, भगवन्त नाथ, योगी नरहरिनाथ लिगेसीको दरबार होइन । यो त चर्च, स्कोन, राधेराधे, साइबाबा, ब्रम्हकुमारी राजयोग, कृष्णप्रणामी र आरएसएसजस्ता इसाई मेशिनरीका प्यादाहरूले कब्जा गरेको दरबार हो भने सेना पनि त्यही हो ।

यसको पुष्टि सिंहनाथ योगीको एभिन्युजमा प्रशारण गर्न रोकिएको अन्तर्वार्ताले पनि गर्दछ । यसर्थ वैदिक साम्यवादको नीतिमा सिंहानुक मोडल हो । मोहन वैद्यले भनेजस्तो सिंहानुक राजा या बाबुरामले भनेजस्तो साँस्कृतिक राजा, केवी रोकायले भन्ने हिन्दू अधिराज्य हुन सक्दैन ।

हेक्का रहोस् चिनियाँ राष्ट्रपति सी चिन फिङले काठमाडौंमा पश्चिमाहरूका हड्डीलाई चन्दन बनाउने घोषणा त्यसै गरेका छैनन् । सेना, प्रहरी र देशी विदेशी एजेन्सीका गुप्तचर, पत्रकार, सञ्चार मिडिया या मभियन्ताहरू हुन् जो कोहीले पनि इन्डो अमेरिकी मोडलमा कुनै पनि परिवर्तनको कल्पना गरेका छन् भने त्यो तिनीहरूको सपना मात्रै हो ।

जहाँसम्म वर्तमान व्यवस्थाको विकल्प हो यो संविधान संशोधनका साथ धर्म निरपेक्षता र संघीयतालाई खारेज गर्नु पर्दछ । वामपन्थी धु्रविकरणका साथ वैदिक साम्यवाद योगी नरहरिनाथ मार्गमा नीति कार्यक्रमलाई अगाडि बढाउँदै यो सेनाको संख्या घटाउँदै वैदिक साम्यवादी सिंहानुक मोडलमा पुरानो राजतन्त्रलाई व्यवस्थापन गर्दै दलाई लामा बन्न रोक्नु पर्दछ । यही नै परिवर्तनको र नेपाल एकीकरणको जगको सुरक्षित यात्रा हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार