आइतबार, कार्तिक ७ २०७८

माधव नेपाल डिस्चार्ज, केही दिन घरमै आराम गर्न चिकित्सकको सुझाव


  • दैनिक न्यूज नेपाल
  • सोमबार, असोज १८ २०७८
140
SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल करिब एक साताको अस्पताल बसाइपछि आज डिस्चार्ज भएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा भाइरल ज्वरो, रगत तथा पेटमा देखिएको समस्याको उपचारपछि नेपाल घर फर्किएका हुन् ।

स्वास्थ्य संवदेशनीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्नुपर्ने भएको नेपालको निजी सचिवालयले जनाएको छ ।

उनी असोज १३ गते अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार