आइतबार, कार्तिक ७ २०७८

केपी ओली एक्कासी विधान महाधिवेशनबाट बाहिरिए…


  • दैनिक न्यूज नेपाल
  • शुक्रबार, असोज १५ २०७८
186
SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको स्वास्थ्यमा समस्या देखिएको छ ।

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरू भएको प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गरिरहेका ओलीले आफूलाई रुघाखोकीका कारण समस्या भएको भन्दै प्रस्ताव पेस गर्ने जिम्मा शंकर पोखरेललाई दिएका थिए ।

ओलीले जिम्मा दिएसँगै पोखरेलले प्रतिवेदन पेस गरिरहेका छन्। प्रतिवेदन पेस गर्ने क्रममा उनले पटक–पटक खोकेका थिए ।

यस्तै ओली अस्वस्थ भएपछि विधान महाधिवेशनबाट बाहिरिएका छन् । राजनीतिक प्रतिवेदन पेश गरिरहेको बेला स्वास्थ्यमा समस्या आएपछि ओली सभाहलबाट बाहिरिएका हुन् ।

प्रतिवेदनलाई पोखरेलले निरन्तरता दिएपछि ओलीले केही मञ्चमै बसेर आफैले तयार पारेको प्रतिवेदन सुनिरहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार