आइतबार, कार्तिक ७ २०७८

अध्यादेश सूचना निकालेको भरमा फिर्ता हुँदैन, संसदबाट टुंगो लगाउनुपर्छः ओली


  • दैनिक न्यूज नेपाल
  • मंगलबार, असोज १२ २०७८
160
SHARES

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने र यसलाई संसदबाट टुंगो लगाउनुपर्ने बताएका छन् ।

उनले एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने जिकिर गरे।

काठमाडौंमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले गठबन्धन सरकार संसदीय मूल्यमान्यता भत्काएर स्वेच्छाचार बन्दै गएको आरोप लगाए ।

एउटा अध्यादेश रद्द गर्न अर्को अध्यादेश वा कानून चाहिने बताए। संसद चलिरहेको बेलामा सांसदबाटै कानून बनाइनुपर्ने उनको भनाइ छ ।

ओलीले भने, ‘दूषित मनसायका साथ अध्यादेश ल्याइयो । अहिले संसद छलेर सूचनामार्फत अध्यादेश फिर्ता भनिएको छ । अध्यादेशको कुरा, कानूनको कुरा संसदको विजनेस हो ।

अध्यादेश रद्द गर्न अर्को कानून चाहिन्छ । यत्तिकै फिर्ता हुँदैन । रद्द गर्नुपर्यो भने अर्को अद्यादेशको व्यवस्था गर्नुपर्छ ।’ उनले पहिलेको कानून अहिले कहाँ गयो भनी प्रश्न गरे ।

उनले भने, ‘ सदनको बैठक चालु छ । सूचना जारी गर्न पाइँदैन । कानून परिवर्तन गर्न पाइँदैन ।’ ओलीले संविधान, लोकतन्त्र र संसदीय परिपाटी भत्काएर सरकार अघि बढेको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार