आइतबार, कार्तिक ७ २०७८

संसद विघटन गरेर चुनावमा जाऔंः केपी ओली


  • दैनिक न्यूज नेपाल
  • मंगलबार, असोज १२ २०७८
392
SHARES

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आवश्यक रहेकोले ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले प्रतिनिधिसभा नचलेकोका कारण निर्वाचन आवश्यक रहेको बताए ।

‘यो प्रतिनिधिसभा चलिरहेको छैन । म अहिले पनि भन्छु ताजा जनादेश आवशयक छ । मिल्नै पर्दैन वहाँहरुले नै गराए पनि हुन्छ । गठबन्ध छँदैछ मिलेर लड्छौँ भन्नु भएकै छ । यो गठबन्धले चुनाव गराए भयो नि त’ उनले भने ।

ओलीले अढाई महिनासम्म सरकार बन्न नसक्ने अकर्मनिय स्थितीमा कुनै काम नहुने समेत बताए । ‘समय खेर फाल्नु हुँदै ताजा जनादेशमा गएर देशलाई गतिशिल बनाउनुपर्छ’ उनले थपे ।

प्रतिक्रिया
सम्बन्धित समाचार