आइतबार, कार्तिक ७ २०७८

कार्यकर्तालाई आफ्नै खुट्टामा उभ्याऔँः विनोद चौधरी


  • दैनिक न्यूज नेपाल
  • मंगलबार, असोज १२ २०७८
118
SHARES

काठमाडौं । उद्योगपति तथा चौधरी समूहका अध्यक्ष विनोद चौधरीले पार्टीका कार्यकर्तालाई आफ्नै खुट्टामा उभ्याउन पर्ने बताएका छन् ।

नेपाली काँग्रेसका नेता समेत रहेका उनले नवलपरासीको देवचुली नगर समितिमा भोट हाल्दै यस्तो बताएका हुन् ।

नेपाली काँग्रेसको नगर तथा गाउँपालिका अधिवेशनका क्रममा भोट हाल्दै उनले कार्यकर्तालाई आफ्नै खुट्टामा उभ्याउने गरी अवको नीति तथा योजना बनाउनुपर्ने उल्लेख गरे ।

यसो गर्न सके पार्टीको भविष्य समेत उज्जवल हुने उनको भनाइ छ । उनले भोट हालेको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राख्दै लेखेका छन्, ‘नेपाली काँग्रेस ऐतिहासिक महाधिवेशनको संघारमा छ ।

हामी सम्पूर्ण रुपले महाधिवेशनमा होमिएका छौं ।’ यस्तै, पार्टीको भविष्य र आगामी बाटो निर्धारण गर्ने उल्लासमय राजनीतिक महोत्सवलाई लिएर आफू उत्साहित भएको समेत उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार