आइतबार, कार्तिक ७ २०७८

चुनावपछि ओली बालकोट बार्दलिमा बसेर जोक सुनाउदै बस्नेछनः माधब नेपाल


  • दैनिक न्यूज नेपाल
  • मंगलबार, असोज १२ २०७८
246
SHARES

काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको टिप्पणी गरेका छन् । शनिबार हेटौँडामा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आगामी निर्वाचनबाट एमाले टर्च बालेर खोज्नुपर्ने र अध्यक्ष केपी शर्मा ओली अहंकारको घोडाबाट खस्ने उनले बताए । उनले भने, ‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको छ हेर्दै जानुस् । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन् । उनीहरूको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौं । सद्‍बुद्धि आओस्, मति सुध्रियोस् । हामी गलत बाटोमा जान चाहन्नौँ । नत्र त उहाँहरू र हामीमा के फरक रु’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जहाँ गएपनि आरोप लगाउन नछोडेका नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले फेरि अर्को आरोप लगाएका छन् । मंगलबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले ओलीमाथि अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृत्ति बोकेको दक्षिणपन्थी, विदेशपरस्त तथा राजतन्त्रपरस्त शंक्तिसँग दक्षिणपन्थी गठबन्धन गर्ने सोच बोकेको धारको नेतृत्व गरिरहेको भन्दै गम्भीर आरोप लगाएका हुन् ।

मुलुकमा दुई प्रकारका राजनीतिक धार रहेको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, ‘तीमध्ये एउटा अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृत्ति बोकेको दक्षिणपन्थी, विदेशपरस्त तथा राजतन्त्रपरस्त शंक्तिसँग दक्षिणपन्थी गठबन्धन गर्ने सोच, जसको मुख्य प्रतिनिधित्व केपी ओली गुटले गरिरहेको छ।

अर्को वाम लोकतान्त्रिक समीकरण, जसको प्रतिनिधित्व नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०, नेपाली कांग्रेस, जनता समाजवादी दल र राष्ट्रिय जनमोर्चाले गरिरहेका छन्

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले गरेको एक नयाँ खुलासाले एमाले तरंगित बनेको छ । उनले एमालेका दोस्रो पुस्ताका नेताहरुले निर्वाचन आयोगमा पार्टी दर्ता गराएको खुलासा गरेपछि एमाले तरंगित भएको हो ।

उनले नेपाल कम्युनिष्ट पार्टी एकीकृत र चुनाव चिह्न कलम भएको पार्टी दर्ता गराएको बताएका हुन् । अर्को नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक पनि निर्वाचन आयोगमा दर्तामा रहेको बताए । त्यो पनि दोस्रो तहका नेताहरुकै अगुवाइमा दर्ता भएको खुलासा गरेका हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार