logo
बिहिबार, भाद्र २ २०७९
अध्यादेशको धन्दा दुईजिब्रे फटाहाको बेतुक बकबकजस्तोः खगेन्द्र संग्रोला

अध्यादेशको धन्दा दुईजिब्रे फटाहाको बेतुक बकबकजस्तोः खगेन्द्र संग्रोला


312
SHARES

काठमाडौं। विश्लेषक खगेन्द्र संग्रोलाले अध्यादेशको धन्दा दुईजिब्रे फटाहाको बेतुक बकबकजस्तो भएको टिप्पणी गरेका छन् ।

उनले दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएपछि सामाजिक सञ्जाल टिव्टरमा लेख्दै यस्तो टिप्पणी गरेका हुन् ।

पहिले दुई चोइटालाई पार्टीको दर्जा दिन २० प्रतिशतको मापदण्ड बनाइएको भन्दै अहिले त्यही २० प्रतिशतले पार्टी फुट्लान् भन्ने डरले दल विभाजन सम्बन्धी अध्यादेश बदर गरिएको, संग्रौलाले लेखेका छन् ।
उनले लेखेका छन्, ‘अध्यादेशको धन्दा दुईजिब्रे फटाहाको बेतुक बकबकजस्तो !

पहिले दुई पार्टीका दुई चोइटालाई पार्टीको दर्जा दिन २० प्रतिशतको मापदण्ड बनाइयो । अहिले त्यही २० प्रतिशतले यिनै चोइटे पार्टी फुट्लान् भन्ने डरले २० प्रतिशतलाई बदर गरियो । विधिव्यवस्था त स्वार्थी सनकसिंको बालक्रीडा पो भो’ !

 

प्रतिक्रिया
सम्बन्धित समाचार