आइतबार, मंसिर १२ २०७८
म ओलीभन्दा जेठो हुँ,राजीनामा दिएपछि सकियोः बामदेव गौतम

म ओलीभन्दा जेठो हुँ,राजीनामा दिएपछि सकियोः बामदेव गौतम


  • दैनिक न्यूज नेपाल
  • शनिबार, असोज ९ २०७८
1.5K
SHARES

काठमाडौ । आज नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले केपी शर्मा ओलीको नेतृत्वमा बस्न नसक्ने पुनः स्पष्ट पारेका छन् ।

एमालेले आफ्नो राजीनामा अस्वीकृत गरेको सुनेपछि नेता गौतमले भने, ‘म एमालेमा रहन सक्दिनँ भनेको थिएँ, राजीनामा दिएपछि सकियो १’ मैले केपी ओलीलाई १० वटा आरोपहरू लगाएको छु ।

यो यो कारणले म एमालेमा रहन सक्दिनँ भनेको छु’ उनले भने, राजनीनामा स्वीकृत गर्दाखेरि पनि वा अस्वीकृत गरे पनि त्यो पार्टीको दस्तावेज हुन्छ, त्यसलाई सुरक्षित राख्नुपर्छ ।’

वामदेव गौतमको राजीनामा एमालेले गर्यो अस्वीकृत 

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ ।

उनले गत भदौ १८ गते बुझाएको राजीनामा अस्वीकृत भएको हो । उनले आफू एमालेको सबै जिम्मेवारीबाट मुक्त भएको घोषणा गर्दै एमालेमा राजीनामा बुझाएका थिए ।

उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘म आफै संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार, प्रवृति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिमा पार्टी उपाध्यक्ष पद र सवै जिम्मेवारीबाट राजीनामा दिएको छु ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्रमा गौतमले पटकपटक व्यक्तिगत सुझाव दिँदा पनि ओली व्यक्तिवादी र स्वेच्छाचारी बन्दै गएको आरोप लगाएका छन्।

राजीनामा पत्रमा प्रतिनिधिसभा भङ्गदेखि पार्टी सञ्चालनमा अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गरिएको छ।

उनले राजीनामा दिएपछि आफ्नो भावी कदमबारे गौतमले केही उल्लेख गरेका थिएनन् । ओलीसँगको चार दशक लामो मित्रता भविष्यमा पनि रहिरहने अपेक्षा उनले गरेका छन् ।

यसअघि नेकपा एमाले विभाजित भएपछि नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार