मंगलबार, असोज १२ २०७८

राष्ट्रपतिले भन्नुभो- मलाई ओली नै प्रधानमन्त्री चाहिन्छ


  • दैनिक न्यूज नेपाल
  • बिहिबार, असार १० २०७८
550
SHARES

काठमाडौँ – प्रतिनिधि सभा विघटन मुद्दामा बुधबारदेखि संवैधानिक इजलासमा बहस सुरू भएकोछ। अधिवक्ता गोविन्द वन्दिले राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयमा प्रश्न उठाए। उनले विश्वासको मतबाट वैशाख २७ मा फेल भएपछि ओलीले प्रधानमन्त्री बन्ने वैधानिकता गुमाएको बताए।

बन्दीले भारतीय सर्वोच्च अदालतको फैसलाले गरेको एउटा व्याख्या सुनाउदै विश्वासको मत नलिनु भनेको विश्वासको मत गुमाउनुसरह भएको भन्दै गरिएको व्याख्या सुनाएपछि उनले राष्ट्रपतिको निर्णयमा प्रश्न गरेका थिए।

१४९ जनाको हस्ताक्षर बुझाएका देउवालाई दाबी नपुगेको भन्ने अधिकार राष्ट्रपति भण्डारीलाई नभएको उनले बताएका हुन्। ओली प्रधानमन्त्री नबने कोही पनि बन्न हुन्न भन्ने नियत राष्ट्रपतिको भएको उनको तर्क थियो।

‘एउटा गीत छ श्रीमान, मलाई त्यही केटी चाहिन्छ भन्ने। हाम्रो राष्ट्रपतिले पनि त्यही गीतमा झैँ मलाई केपी ओली नै प्रधानमन्त्री चाहिन्छ भन्नु भयो,’ उनले इजलासमा भने।

प्रतिक्रिया
सम्बन्धित समाचार