आइतबार, मंसिर १२ २०७८
अन्तत बामदेव गौतम र माधब नेपालको सम्धि एमालेमै !

अन्तत बामदेव गौतम र माधब नेपालको सम्धि एमालेमै !


  • दैनिक न्यूज नेपाल
  • शुक्रबार, असोज ८ २०७८
1.5K
SHARES

काठमाण्डौँ । नेकपा एमालेबाट राजिनामा दिएर हिँडेका बामदेव गौतम र नेकपा एस मा जान पाउँ भनेर सर्वोच्चमा मुद्धा हाल्ने माधव नेपालका सम्धी सोमप्रसाद पाण्डे अन्तत एमालेमै रहेका छन्।

उनीहरुको मन जता भए पनि कानुनी रुपमा उनीहरु एमालेमै रहेको देखीएको छ । पार्टी विभाजन पछि नेकपा एमालले निर्वाचन आयोगमा केन्द्रिय कमिटि अद्यावधिक गरेको छ जसमा बामदेव गौतम र सोमप्रसाद पाण्डेका नाम पनि राखिएको छ ।

नेकपा एसतिर सनाखत गरेका केन्द्रीय सदस्यहरुको नाम हटाएर बाँकीको विवरण हिजो निर्वाचन आयोगमा पठाइएको हो एमालेले अद्यावधिक गरेको विवरणमा वामदेव गौतम र सोमप्रसाद पाण्डे भने यतावत छन् ।

गौतमले पार्टीबाट राजीनामाको घोषणा गरेका थिए । यद्यपि उनको राजीनमा अझैं स्वीकृत भएको छैन् ।त्यस्तै पाण्डेले पनि नेकपा एस रोज्न पाउँ भन्दै निर्वाचन आयोगमा सनाखतका लागि निवदेन दिएका थिए । तर, निर्वाचन आयोगले उनको सनाखत लिएको थिएन ।

आयोगविरुद्ध पाण्डे र शारदादेवी भट्ट सर्वोच्चमा गएपछि सर्वोच्चले नेकपा एस रोज्न निवेदन दिएकै आधारमा उनीहरुमाथि कुनै कारवाही नगर्न अन्तरिम आदेश दिएको थियो ।

पाण्डे अहिले नै नेकपा एसका भएको नभइ निवेदन दिएको आधारमा कारवाही नगर्नू भन्ने सर्वोच्चको आदेश भएकाले उनी पार्टीमै रहेको बुझाइ एमालेको छ । त्यही आधारमा पाण्डेलाई पनि केन्द्रीय कमिटीमा यथावत राखिएको एमालेले जनाएको छ।

नेकपा एसतिर गएका भनिएका केन्द्रीय सदस्य विक्रम शाही पनि एमालेकै केन्द्रीय सदस्यका रुपमा यथावत छन् । सर्वोच अदालको आदेश पछि भने सोमप्रसाद पाण्डे भिरको फर्सी अड्किएको जसरी अड्कीएका छन् । नेकपा एस मा जान पाएको छैन एमालेमा बस्न मन छैनको अवस्थामा उनी पुगेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार