logo
मंगलबार, मंसिर १३ २०७९
भ्रष्टचार गर्दिनँ, गर्नेलाई जेल हाल्छुः ज्ञानेन्द्र शाही

भ्रष्टचार गर्दिनँ, गर्नेलाई जेल हाल्छुः ज्ञानेन्द्र शाही


119
SHARES

काठमाडौं । जुम्लाका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही ज्ञानेन्द्रले आर्थिक अनियमितताको भण्डाफोर गर्दै सुशासनयुक्त जुम्ला बनाउने अभियानमा जुट्ने बताएका छन् । उनले आफू भ्रष्टचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने बताए ।

म एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिनँ । आजका दिनसम्म पनि एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, उनले भने, अब उप्रान्त जुम्लामा कसैले भ्रष्टचार गर्छु भनेर कल्पना मात्र गर्‍यो भने त्यसलाई जेल हाल्छु ।

निर्वाचित भएपछि जुम्लाको सदरमुकाम खलंगाको बालमन्दिरमा आयोजित सभालाई सम्बोधन गर्दै शाहीले जुम्ली मतदाताले ठूलो आशा र भरोसाका साथ दिएको मतलाई निराशामा परिणत हुन नदिने प्रतिबद्धता जनाए । शाहीले आफूले जुम्लाका सबै स्थानीय तहमा पुगेर मतदाताको दुःख पीडा सुन्ने पनि बताए ।

उनले जुम्लाका आवाजलाई बारम्बार दवाउने प्रयास भएको दाबी गर्दै त्यस्ता व्यवहारको पर्दाफास गर्दै जुम्लीले पनि यो देशमा राज गर्न सक्छन् भन्ने उदाहरण दिने बताए ।

उनले आफूलाई कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीको पनि भोट आएको भन्दै सबैलाई समान व्यवहार गर्ने बताए । उनले भने, साझा एजेन्डा लिएर अघि बढौं, अब जुम्ला बन्छ । जुम्ला बनाउन सबै तयार छौँ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार