logo
मंगलबार, मंसिर १३ २०७९
कैलाली-१ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ निर्वाचित

कैलाली-१ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ निर्वाचित


63
SHARES

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन्।

यहाँ प्रतिनिधिसभामा पार्टीकी केन्द्रीय अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी विजयी भएकी छन्। उनले ३० हजार ४०४ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्धन्दी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन्। यस्तै नेकपा एमालेका तपेन्द्र रावल भने ५ हजार ९१० मतमै सीमित रहे।

यहाँ १ लाख ६७ हजार ७०३ मतदाता रहेकोमा ६४ हजार ९९९ मत खसेको थियो। खसेको मतमा ३ हजार २६८ मत बदर भएका छन्।

यस्तै, यो क्षेत्रको प्रदेशसभा १ र २ मा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजयी भएका छन्। प्रदेशसभा १ मा कैलाश चौधरी विजयी भएका हुन् भने प्रदेशसभा २ लक्ष्मण किशोर चौधरी विजयी भएका छन्।

प्रदेशसभा १ मा विजयी चौधरीले १५ हजार १ सय एक मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीले १० हजार तीन सय ७७ मत प्राप्त गरेका छन्। प्रदेशसभा २ मा विजयी भएका लक्ष्मण चौधरीले ११ हजार ३१७ मत प्राप्त गरेका छन्। उनले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावललाई ३ हजार २६४ मतान्तरले पराजित गरेका हुन्।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका रावल गठबन्धनका तर्फबाट उम्मेदवार थिए। निकटतम प्रतिस्पर्धी रावलले ८ हजार ५३ मत प्राप्त गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार