आइतबार, कार्तिक ७ २०७८

प्रियंका कार्की बनिन आमा


  • दैनिक न्यूज नेपाल
  • बुधबार, असोज ६ २०७८
219
SHARES

काठमाडौं । नायिका प्रियंका कार्की आमा बनेकी छिन् । प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् ।

सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छिन् ।

प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन् ।

तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् ।

नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए ।

पहिलो चरणको लकडाउनपछि प्रियंका गर्भवती भएकी थिइन् ।

गर्भवती भएपछि प्रियंकाले सामाजिक संजालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चा, आलोचना सबै भएको थियो ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार