logo
मंगलबार, मंसिर १३ २०७९
म प्रधानमन्त्रीको लागि मरिहत्ते गर्दिनः प्रचण्ड

म प्रधानमन्त्रीको लागि मरिहत्ते गर्दिनः प्रचण्ड


183
SHARES

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार समेत रहेका पुष्पकमल दाहाल‘प्रचण्ड’ ले प्रधानमन्त्रीको लागि मरिहत्ते नगरेको बताएका छन् ।

आफु जहाँ गएपनि चुनाव जित्न गारो नभएकोले मधेसमा पनि गएर चुनाव जितेर प्रधानमन्त्री भएर ठुलो भुमिका खेलेको बताए ।

अहिले आफु प्रधानमन्त्रीको रेसमा राजनीति नगरेको तर धेरै जनालाई आफुले प्रधानमन्त्री बनाएकोले आफनो पनि आकांक्षा रहेको उनले बताएका छन्।

उनले भने– अब एक पटक मलाई धेरै अनुभव भइसक्यो, त्यो अनुभवलाई र जनताले पनि मलाई अहिले पनि भरोसा गरेकै देख्छु, म त्यो भरोसालाई देशको नेतृत्व गर्न आर्थिक विकासमा फड्को हान्ने केही ठुला परियोजना र केही साना परियोजनाको समयोजना र्माफत फड्को हान्ने मन छ । मलाई र त्यसको निम्ति त म अब प्रधानमन्त्रीको अवसर आयो भने त मलाई चाहिएन चाहि म भन्दिन तर म प्रधानमन्त्रीको लागि मरिहत्ते पनि गर्दिन ।

वाम गठबन्धमा केपी ओलीले ठुलो विश्वास घात गरेको र अकै ग्रहको मान्छे जस्तो भएकोले ‘भिलेन’को रुपमा खतरा भएकोले छिटै सिधिने बताएका छन् ।

अहिले जित्ने योजना ४५ सय भएकोले बढ्ने सम्भावना भएको र एमालेले स्थानिय तहको हिसाबले खुम्चिएर तेस्रो बन्ने र माओवादी दोस्रो बन्ने सम्भावना रहेको उनले बताए ।

गोरखामा आफुले जितेर आर्थिक विकास गर्ने र एयरपोर्ट बनाउन पनि प्राथमिकतामा राखेको र गोरखाको विकासले नयाँ गति लिने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार