logo
मंगलबार, मंसिर १३ २०७९
भारतीय नोटमा गणेश र लक्ष्मीको तस्बिर राख्न अरविन्द केजरीवालको माग

भारतीय नोटमा गणेश र लक्ष्मीको तस्बिर राख्न अरविन्द केजरीवालको माग


168
SHARES

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबार ट्वीटरमा एक पत्र साझा गर्दै भारतीय नोटमा हिन्दु देवता गणेश(लक्ष्मीको तस्बिर राख्न प्रधानमन्त्री मोदीलाई अपिल गरेका छन्।

केजरीवालले उक्त पत्रमा लेखेका छन्, ‘देशका १३० करोड जनता चाहन्छन् कि भारतीय मुद्रामा एकातर्फ गान्धीजी र अर्कोतर्फ श्री गणेशजी र लक्ष्मीजीको तस्बिर होस् । आज देशको अर्थतन्त्र अत्यन्तै नाजुक अवस्थाबाट गुज्रिरहेको छ ।

स्वतन्त्रताको ७५ वर्ष बितिसक्दा पनि भारतलाई विकासशील र गरिब राष्ट्रमा गनिन्छ । हाम्रो देशमा आज पनि धेरै गरिब छन् । किन रु एकातिर हामी सबै देशवासीले कडा परिश्रम गर्नुपर्छ भने अर्कोतिर हाम्रो प्रयास फलदायी होस् भनेर भगवानको आशीर्वाद पनि चाहिन्छ । सही नीति, मिहिनेत र ईश्वरको आशीर्वाद यिनको संगमबाट मात्रै देशको उन्नति हुनेछ ।’

अरविन्द केजरीवालले दुई दिनअघि पत्रकार सम्मेलन गरेर यो मुद्दा उठाएका थिए । उनले यो पनि भनेका थिए कि जब विश्वको सबैभन्दा ठुलो मुस्लिम देश इन्डोनेसियाले आफ्नो नोटमा गणेशजीको तस्बिर राख्न सक्छ भने भारतले किन नगर्ने रु

प्रतिक्रिया
सम्बन्धित समाचार