logo
मंगलबार, मंसिर १३ २०७९
एमालेले आगामी निर्वाचनमा डिस्टिङ्सन ल्याउँछः महेश बस्नेत

एमालेले आगामी निर्वाचनमा डिस्टिङ्सन ल्याउँछः महेश बस्नेत


149
SHARES

काठमाडौं । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं। २ का उम्मेदवार महेश बस्नेतले एमालेको आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा डिस्टिङ्सन ल्याउने दावी गरेका छन् ।

नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नं। ८ निर्वाचन परिचालन कार्यक्रममा बोल्दै नेता बस्नेतले भने, ‘डिस्टिङ्सन ल्याउँछु भन्ने विद्यार्थीले जम्मा ५० प्रतिशत मात्र उत्तर लेख्यो भने ल्याउन सक्छ ? माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पार्टी कांग्रेस र दोस्रो पार्टी माओवादी हुन्छ भनिरहँदा कांग्रेसले जम्मा उम्मेदवार नै ५० प्रतिशतमा मात्र उठाएको छ ।

जित्ने कतिमा हो रु अनि कसरी डिस्टिङ्सन ल्याउँछ रु ५० प्रतिशतमा मात्र उठ्नेले एमालेलाई जित्छु भनेर फुर्ति लगाउँदा हुन्छ रु माओवादी त जम्मा ४४ सिटमा मात्र लडेको छ । माधव नेपालको पार्टीले १९ सिटमा सिमित भएको छ । एमालेले त उम्मेदवारमा ९० प्रतिशत प्रश्नको उत्तर एटेम्प्ट गरेको छ । त्यसैले डिस्टिङ्सन ल्याउने व्यापक सम्भावना रहेको छ ।’

उनले एमालेको लागि सवैभन्दा सुरक्षित स्थान नै भक्तपुर भएको दावी गरे । जिल्लाको प्रदेशसभा अन्तरगत क्षेत्र नं। २ ‘क’ सूयविनायक क्षेत्रमा करिव विजयको घोषणा हुनको लागि मात्र मंसिर ४ गतेको निर्वाचन पर्खनु परेको बताए ।

उक्त क्षेत्रमा एमालेको तर्फबाट शालिन नेता किरण थापालाई उठाई जनताको दाजु भाई किरण थापा अब मंसिर ४ गते पछि माननीय किरण थापा भएर जनताको सेवा गर्ने घोषणा गरे ।

उनले भने, ‘अहिले एमालेको लागि सवैभन्दा सुरक्षित क्षेत्र नै सूर्यविनायक हो । किरण थापाको क्षेत्र हो । अहिले उम्मेदवारको रुपमा किरण थापा जनताको दाजु भाई हो अब मंसिर ४ गते पछि किरण थापा जनमतबाट अत्याधिक मत प्राप्त गरी माननीय भएर जनताको सेवामा समर्पित हुनुहुनेछ ।’

विगतमा एमालेले गरेको काम र एमालेको विरुद्धका पार्टीहरुले भक्तपुरमा गरेको विकासले नै निर्वाचनको नतिजालाई तस्विर झैं देखाईरहेको उल्लेख गर्दै उनले एमालेको नेतृत्वमा भएको विकास निर्माणको आँधीवेरीले भक्तपुरका टोलपिच्छे सडक, खानेपानी, शिक्षा, स्थास्थ्य, ढललगायतका क्षेत्रहरुमा भएको परिवर्तनले नै एमालेले ऐतिहासिक मतका साथ विजयी हासिल गर्ने स्पष्ट पारे ।

कांग्रेस नातावाद, कृपावादमा सिमित रहेको उल्लेख गर्दै कांग्रेसी नेताहरुले नै एमालेलाई भोट दिने प्रतिवद्धता जनाएको उल्लेख गर्दै उनले गठबन्धनसँग कुनै राजनीतिक, विकास, सुशासन, सैद्धान्तिकलगायका कुनै पनि एजेण्डा नभएको बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मल भट्टराई, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष तथा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, एमाले क्षेत्र नं. २ प्रदेश ‘क’ सूर्यविनायक क्षेत्रका उम्मेदवार किरण थापालगायतले भक्तपुरमा आगामी दिनमा एमालेको नेतृत्वमा हुने विकास र समृद्धि तथा एमालेको निर्वाचन केन्द्रीत रणनीतिको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार