logo
मंगलबार, मंसिर १३ २०७९
प्रचण्ड १६५ सिटमध्ये जुनसुकै क्षेत्रबाट उठ्न सक्नुहुन्छः देव गुरुङ

प्रचण्ड १६५ सिटमध्ये जुनसुकै क्षेत्रबाट उठ्न सक्नुहुन्छः देव गुरुङ


188
SHARES

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कहाँबाट लड्ने भन्ने फाइनल नभएको बताएका छन्।

“बाबुराम भट्टराई गोरखाबाट उठ्ने, नउठ्ने उहाँको कुरा हो। जहाँसम्म प्रचण्डको कुरा हो, संविधानतः जुनसुकै निर्वाचन क्षेत्रबाट उठ्न सकिन्छ। प्रचण्डका लागि १६५ क्षेत्र नै खुला छन्, ।”

नेता गुरुङले आफू लमजुङ छाडेर कास्की जाने निर्क्योल नभएको पनि बताए। उनले भने, “२०७४ मा लमजुङबाट लडेकाले मेरो जनसम्पर्क र जनसेवा त्यतै छ।

कास्की १ बाट लड्ने नलड्ने पार्टीको कुरा हो। म लमजुङमै निरन्तरता दिने पक्षमा छु।” महासचिव गुरुङले गठबन्धन दलले सिट टुंग्याउन नसक्नुमा एक दलको मात्र दोष नभएको पनि औंल्याए।

उनले थपे, “कार्यदल स्तरमा सिट पनि टुंगिएन, प्रिन्सिपल पनि बनेन। अब शीर्ष नेताहरू बसेर घनीभूत छलफल हुनपर्छ।एकदुई दिनभित्र गिभ एन्ड टेक हुन्छ।”

जनता समाजवादी पार्टीको मुद्दा गठबन्धनमै मिल्ने भएकाले सम्झौता हुने उनको दाबी छ। कृष्णप्रसाद सिटौला कार्यदलको प्रतिवेदनमा माओवादी केन्द्रलाई ४४ सिट लेखिए पनि त्यो छलफलकै क्रममा रहेको पनि उनले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार