logo
बिहिबार, असोज २० २०७९
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागी लौरो अभियन्ताहरुले गरे उम्मेदवारीको घोषणा

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागी लौरो अभियन्ताहरुले गरे उम्मेदवारीको घोषणा


79
SHARES

काठमाडौं । स्वतन्त्र तथा वैकल्पीक शक्ति लौरो अभियानमा आबद्ध अभियन्ताहरुले काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक भव्य कार्यक्रममा प्रदेश र प्रतिनिधिसभाका लागी आफ्नो उम्मेदवरी दिएका छन् ।

उक्त कार्यक्रममा ललितपुर क्षेत्र न २ बाट लौरो अभियानका अभियन्ता डा सुधीन शाक्यले प्रतिनिधिसभाका लागी आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै रुपन्देही क्षेत्र न २ बाट प्रतिनिधि सभाका सदस्यका लागी डा निकुलस भुषालले लौरो चिन्हबाट आफ्नो स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् ।

यसैगरी बारा क्षेत्र न २ बाट प्रतिनिधिसभा सदस्यका लागी स्वतन्त्र उम्मेदवारका रुपमा डा राकेश न्यौपानेले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् ।

भद्रगोल टेलीसिरियलका चर्चीत हास्य कलाकार मधुसुदन पाठक(सितेबा) पनि लौरो अभियानको चुनाव चिन्ह लिदै काठमाडौं क्षेत्र न ५ बाट प्रतिनिधिसभाका लागी आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् भने काठमाडौं २ बाट कोसराज सुवेदी, काठमाडौं क्षेत्र न ६ बाट मुकुन्द सिलवाल ,मकवानपुर क्षेत्र न १ बाट दिपेन्द्र चन्द्र ठकुरी, नुवाकोट १ बाट सफलता बोगटीले आफ्नो उम्मेदवारी दिएका थिए ।

यस्तै प्रदेश तर्फ काठमाडौं ३(ख) बाट इन्जिनीयर द्धारिका अधिकारी, काठमाडौं ८(क) बाट सैलेन्द्र बज्रचार्य , काठमाडौं ८(ख) बाट सुरेश कुमार डङ्गोल, काठमाडौं २(ख) बाट अशोक खड्का , काठमाडौं २(क) बाट राज तिमिल्सिना, भक्तपुर १(क) बाट नयन बास्तोलाको उम्मेदवारी घोषणा कार्यक्रम रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल सरकारका पुर्व सचिव भिम उपाध्याय र विशिष्ट अतिथिका रुपमा विबेकशील साझा पार्टीका अध्यक्ष समिक्षा बास्कोटाको उपस्थीति रहेको थियो ।

कार्यक्रमको शोभा बढाउनका निम्ती कलाकारहरु बिना राउत, महादेव त्रिपाठी, सुलेमान शंकर(ईकु),ल्याङ्ग्रे दादा, रजिना रिमाल, समिक्षा बास्कोटा लगायतका कलाकारहरुको उपस्थीति संगै आफ्नो प्रस्तुती दिएका थिए ।

कार्यक्रममा लौरो अभियानका अभियन्ताहरु सुमन सायमी, अनन्तराज घिमिरे, विद्या श्रेष्ठ, हरि कार्की, डम्बर साहु, इन्जिनियर रोहन कार्की, गणेश कुमार मण्डल लगायतका उपस्थीति रहेको थियो । कार्यक्रममा अर्थशास्त्री युवराज पाण्डे समाजसेवी सुरेन्द्र लामा लगायत प्रतिष्ठीत व्यक्तिहरुको बाक्लो उपस्थीति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार