logo
बिहिबार, असोज २० २०७९
वाई फाई नेपालको दशैं अफर रु ३३३ मा ५० एमबीपीएसको इन्टरनेट

वाई फाई नेपालको दशैं अफर रु ३३३ मा ५० एमबीपीएसको इन्टरनेट


144
SHARES

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वाई-फाई नेपालले ल्याएको दशैंको मास्टर अफर आज बुधबारदेखि सुरु भएको छ । यसअन्तर्गत कम्पनीले आफ्नो ३० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क रुपमा ५० एमबीपीएसमा अपग्रेड हुने मौका दिने भएको हो ।

यसको अर्थ यसअघि ३० एमबीपीएस इन्टरनेट जडान गरेका ग्राहकले अब उही शुल्कमा ५० एमबीपीएसको इन्टरनेट पाउनेछन् ।

त्यसैगरी पहिले ५० एमबीपीएस इन्टरनेट प्रयोग गरिरहेका प्रयोगकर्ताहरुले ३० एमबीपीएस प्याकेजकै शुल्क कर बाहेक वार्षिक चार हजार अर्धवार्षिक २१०० रुपैयाँ अथवा त्रैमासिक ११०० रुपैयाँ तिरेर इन्टरनेट सेवा नविकरण गर्न सक्नेछन् ।

वार्षिक नवीकरण गर्दा ५० एमबीपीएसका लागि कर बाहेक मासिक ३३३ रुपैयाँ मात्र पर्न आउँछ । तर ५० एमबीपीएसको नयाँ इन्टरनेट जडान गर्न वार्षिक ५ हजार ५ सय रुपैयाँ(करबाहेक) लाग्ने छ ।

जसमा राउटर, तार र जडान शुल्क समेत जोडिएको छ । यहि इन्टरनेट प्याकेज पहिलो पटक लिदा छ महिनाका लागि ३६०० रुपैयाँ र तीन महिनाको ३१०० रुपैयाँ पर्नेछ ।

त्यस्तै वाई-फाई नेपालले ८० एमबीपीएसको नयाँ प्याकेज समेत ल्याएको छ । जसअन्तर्गत ७ हजार ५ रुपैयाँ(कर बाहेक)मा एक वर्षका लागि ८० एमबीपीएस इन्टरनेट जडान गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रितेशराजसिँह श्रेष्ठले बताए ।

साथै प्रयोगकर्ताले नवीकरणका लागि न्युनतम तीन महिनाको शुल्क तिर्नुपर्ने ब्यवस्था मिलाइएको छ । ५० एमबीपीएसको प्याकेज नवीकरणका लागि प्रयोगकर्ताले वार्षिक चार हजार रुपैयाँ (कर बाहेक) तिरे पुग्छ ।

वाई-फाई नेपालको यो सेवाहरु लिनका लागि वाई फाई नेपालको फोन न ०१-५९७०७८९ नम्बरमा सिधै सम्पर्क वा कम्पनीको वेबसाइट (https://wifinepal.com.np/plans ) मा गएर अर्डर गर्न सक्नेछन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार