logo
बिहिबार, असोज २० २०७९
बसुन्धारा क्षेत्रका अनधिकृत संरचनामा चल्यो डोजर

बसुन्धारा क्षेत्रका अनधिकृत संरचनामा चल्यो डोजर


110
SHARES

काठमाडौं। काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ।

बुधबार बिहानै महानगरको टोलीले काठमाडौंको बसुन्धारा क्षेत्रमा रहेका अनधिकृत संरचनालाई डोजर लगाएर हटाएको हो।

त्यस्तै सो क्षेत्रमा नक्सापास विपरित बनाइएका घर टहराका साथै सडक मिचेर बनाइएका कम्पाउण्ड पनि महानगरले भत्काएको छ भने सडक छेउमा फुटपाथ अतिक्रमण गरेर व्यापार नगर्न चेतावनी दिएको छ।

काठमाडौं महानगरपालिकाले सबै वडामा निर्माण गरिएका अवैध संरचना हटाइरहेको छ। महानगरपलिकाले नक्सा पास नगरी निर्माण गरिएका संरचना र नक्सामा उल्लेख गरिएको भन्दाविपरीत प्रयोग गरिएका संरचना हटाउन थालेको हो ।

त्यस्तै व्यापारिक भवनको बेसमेन्टमा पार्किङ उल्लेख गरेर नक्सा पास गरिए पार्किङ नराखिएका संरचना हटाउने अभियानलाई महानगरले जारी राखेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार