logo
बिहिबार, असोज २० २०७९
राष्ट्रपति शासन लागु गरेर देउवा, प्रचण्ड र माधबलाई जेल हाल्नुपर्छः आरसी न्यौपाने

राष्ट्रपति शासन लागु गरेर देउवा, प्रचण्ड र माधबलाई जेल हाल्नुपर्छः आरसी न्यौपाने


579
SHARES

काठमाडौं । नेकपा एमालेका युवा नेता एवं लेखक आरसी न्यौपानेले नागरिकता विधेयक जबर्जस्ती प्रमाणिकरण गर्न लगाए राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति शासन लागु गरेर नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपाललाई जेल हालेर ६ महिना भित्र आम निर्वाचन गर्नुपर्ने बताएका छन् ।

पाँच दलिय सत्ता गठबन्धनले दिन दहाडै देश लुटिरहेको र नेपालको स्वाधीनता र सर्वभौमिकता भारतको दिल्लीलाई बुझाउन लागि परेको उनले आरोप समेत लगाएका छन् । दैनिक न्यूज नेपालसँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘‘ नागकरिकता विधेयकमा राष्ट्रपतिले चालेको कदम सहि छ, अझै पनि यिनीहरुले जबर्जस्ती राष्ट्रपति कार्यालयमा लग्यो भने, राष्ट्रपति ज्यूले राष्ट्रपति शासन लादेर प्रचण्ड, माधब र शेरबहादुरलाई जेल हालेर ६ महिना पछि अर्को आम निर्वाचन गर्ने मिति घोषणा गर्नुपर्छ ।

अहिलेलाई नेकपा एमालेबाट केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्नुको विकल्प नरहेको र अहिलेको निर्वाचन भनेको युद्ध जस्तै हुने भएकाले गर्दा युद्धको बेलामा कमान्डर परिवर्तन गर्न नहुने उनले तर्क गरेका छन् । केपी शर्मा ओली उमेरले ७० कटेपनि उनको सोच र काम युवाको जस्तै रहेको उनले दाबी गरेका छन् ।

आउँदो निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउँने र केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चित भएको औपचारिक घोषणा हुन मात्र बाकी रहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार