logo
बिहिबार, असोज २० २०७९
प्रचण्डले चाहे भने शेरबहादुरलाई कांग्रेस पार्टीबाट निकाल दिन्छन्ः सुरेन्द्र केसी

प्रचण्डले चाहे भने शेरबहादुरलाई कांग्रेस पार्टीबाट निकाल दिन्छन्ः सुरेन्द्र केसी


978
SHARES

काठमाडौं। राजनीतिक विश्लेषक प्रा.डा.सुरेन्द्र केसीले प्रचण्डले चाहे भने प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेस पार्टी बाट निकाल दिन सक्ने बताएका छन् ।

प्रचण्डको स्वभाव दानी भएको सबैलाई पदमा राख्नु पर्ने सोच भएकोले अहिले सबैलाई प्रधानमन्त्री, मन्त्री बनाउने काम नै प्रचण्डको भएको उनले बताएका छन् ।

उनले भने, ‘दानी उदत भावनाका छन्, प्रचण्ड चाहि सबैलाई जे जति मन्त्री प्रधानमन्त्री बनाउने उनी नै हुन । नि त झलनाथ जिन्दगीमा कहिले पनि प्रधानमन्त्री हुने थिएनन् । बाकी अध्यक्ष पनि हुने थिएनन् । त्यो उनले नै गर्देको हो । अहिले शेरबहादुरलाई कांग्रेसले प्रधानमन्त्री बनाएको हो ? चाहे भने कांग्रेस पार्टीबाट निकाल दिन्छन् शेरबहादरलाई तर प्रधानमन्त्री बनाएको प्रचण्डले नै हो ।

अहिलेको राजनीति उद्योग व्यवसाय भएकोले स्वतन्त्र व्यक्तिबाट समाज बदलिन सम्भव नभएको र शान्ति प्रक्रिया कुरा नयाँ नभएको प्रचण्डले शान्ति प्रक्रियाको नाममा आफुलाई अरबपति बनाएर दुरुप्रयोग गरेको बताएका छन् ।

प्रचण्डले वाम मध्यको एक नम्बर हुनको लागि एमालेलाई तोड्फोड गर्न जरुरी भएको भन्दै प्रचण्डले माधवको घुँडामा चडेर एमालेको एउटा दात फुकालेकोले अब माधव नेपालको लागि प्रचण्डको भन्दा अर्को काख कुनै हिसाबले पनि सुरक्षित नहुने भएकोले पार्टी एकता हुने उनको भनाई छ ।

अब चुनाब जित्नको लागि माधव नेपाल, प्रचण्ड, बाबुराम र वामदेव एकै ठाउँमा आउने र पदको लागि जे पनि गर्ने खालको कार्यशैली भएको उनले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार