logo
बिहिबार, असोज २० २०७९
कांग्रेसले पार्टी र संसदमा श्रमिकको प्रतिनिधित्व गराउन सकेनः लक्ष्मण बस्नेत

कांग्रेसले पार्टी र संसदमा श्रमिकको प्रतिनिधित्व गराउन सकेनः लक्ष्मण बस्नेत


128
SHARES

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष लक्ष्मणबहादुर बस्नेतले नेपाली कांग्रेसले पार्टीका विभिन्न संरचना र संसदमा श्रमिकको प्रतिनिधित्व गराउन नसकेको गुनासो गरेका छन्।

उनले आज पत्रकार सम्मेलन गरी देशभर चार लाखभन्दा बढी श्रमिक आवद्ध रहेको नेपाल ट्रेड युनियन कांग्रेसलाई पार्टीले बुझ्न नसकेको गुनासो गरेका हुन्।

‘पार्टीका निर्वाचन र संसद्को निर्वाचनमा मजदूरलाई परिचालन गरे पनि कांग्रेसले पार्टी र संसदमा श्रमिकको प्रतिनिधित्व गराउन सकेन, उनले भने।

उनले संविधानमा व्यवस्था भएअनुसार नीतिनिर्माण तहमा युवा, किसान र श्रमिकको प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिए।

आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई आफ्नो मताधिकारको सुनिश्चितता गर्नुपर्ने उनको भनाइ थियो।

कांग्रेसका महासमिति सदस्यसमेत रहेका बस्नेतले पार्टीले १४ औँ महाधिवेशन सम्पन्न भएको लामो समय बितिसक्दा पनि नीति अधिवेशन गर्न नसकेको भन्दै नीति अधिवेशन चाँडो बोलाएर पार्टीभित्र र मुलुकभित्र देखिएका वर्तमान समस्या समाधान गर्न आग्रह गरे।

पूर्वअध्यक्ष बस्नेतले नेपाल ट्रेड युनियन कांग्रेसले दुई दशक पहिलेदेखि उठान गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम केही हदसम्म लागू भए पनि असंगठित र स्वरोजगारका लागि उक्त कार्यक्रम लागू हुन नसकेको गुनासोसमेत गरे।

पत्रकार सम्मेलनमा नेपाल ट्रेडयुनियन कांग्रेसका अध्यक्ष पुस्कर आचार्य, उपाध्यक्ष अजयकुमार राई, महासचिव योगेन्द्रकुमार कुँवरलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार