logo
बिहिबार, असोज २० २०७९
विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्ने कुरा मान्य हुँदैनः भीम रावल

विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्ने कुरा मान्य हुँदैनः भीम रावल


77
SHARES

काठमाडौं । सांसद भीम रावलले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्ने कुरा मान्य नहुने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा नागरिकता विधेयकमाथि छलफलमा भाग लिदै सांसद रावलले नेपालमा विदेशी नागरिक हुलेर नेपालको अस्तित्व समाप्त गर्ने कुरा किमार्थ मान्य नहुने बताएका हुन् ।

नागरिकताजस्तो संवेदनशिल विषयमा संसदीय दलमा छलफल हुनुपर्ने भएपनि भएन ।नागरिकताजस्तो राष्ट्रियताको संवेदनशिल विषयमा ख्याल ठट्टा गर्नुहुँदैन ।

बालुवारमा बस्ने पाँच दलको संयन्त्र कुन संविधानको कुन धारा अन्तर्गत् हो । त्यसले त्यहाँबाट जे फैसला गर्‍यो त्यो संविधानभन्दा माथि हुन्छ? उनले भने।

 

प्रतिक्रिया
सम्बन्धित समाचार