logo
बिहिबार, असोज २० २०७९
बाबुरामजी र म एक ठाउँमा उभियौं, अब कसैले रोकेर रोकिँदैनः प्रचण्ड

बाबुरामजी र म एक ठाउँमा उभियौं, अब कसैले रोकेर रोकिँदैनः प्रचण्ड


139
SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू र नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई एक ठाउँमा उभिएको बताएका छन् ।

उनले अब एक ठाउँमा उभिन अब आफूहरुलाई कसैले रोक्न नसक्ने पनि प्रचण्डले बताए ।

‘बाबुरामजी र प्रचण्डसँगै उभिने कुरा धेरै ठूलो अर्थ छ । हामी उभियौँ अब । अब कसैले रोकेर रोकिँदैन, प्रचण्डले मंगलबार सञ्चारकर्मीहरुसँग भने, त्यो ठूलो कुरा हो भनेर म भन्न चाहान्छु । यद्यपि आजमै पार्टी एकता भने नभएको उल्लेख गर्दै प्रचण्डले चुनाव पछाडि एउटै केन्द्र बनाउने भन्ने समझदारी भएको बताए ।

‘अहिले चुनाव चिह्न, घोषणापत्र, उम्मेदवार साझा हुने भएपछि हामी एक ठाउँमा उभियौँ, प्रचण्डले भने, यसले नेपालको राजनीति र परिवर्तनलाई संस्थागत गर्ने कुरामा, देशलाई आर्थिक समृद्धिको दिशामा लैजाने कुरामा पनि निकै ठूलो महत्व छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार