logo
बिहिबार, असोज २० २०७९
अर्थमन्त्री जनार्दन शर्मा र हर्क साम्पाङबीच भेटवार्ता

अर्थमन्त्री जनार्दन शर्मा र हर्क साम्पाङबीच भेटवार्ता


3.2K
SHARES

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र धरानका मेयर हर्क साम्पाङबीच मंगलवार भेटवार्ता भएको छ । मन्त्री शर्मा र मेयर साम्पाङबीच मंगलवार अर्थमन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटमा अर्थमन्त्री शर्माले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताएका थिए । प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले सहयोग गर्ने मन्त्री शर्माले आश्वासन दिएका थिए ।

भेटमा मन्त्री शर्माले मेयर साम्पाङ र उनको टीमले धरानका जनताको खानेपानी समस्या समाधान गर्न गरेको जनपरिचालनको उच्च प्रशंसा गरेका थिए । ‘तपाईंले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निक्कै उदाहरणीय छ, उनले भने ।

भेटमा मेयर साम्पाङले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताएका थिए । उनले भने, तपाईंहरू हाम्रो अभिभावक हो जनताको यो समस्या समाधान गर्न आवश्यक सहयोग गरिदिनु होला ।

भेटमा धरान महानगरपालिकाका उपमेयर अईन्द्रविक्रम बेघा पनि सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार