logo
बिहिबार, असोज २० २०७९
अब प्रचण्ड र बाबुराम एउटै चुनाव चिह्नबाट लड्ने !

अब प्रचण्ड र बाबुराम एउटै चुनाव चिह्नबाट लड्ने !


135
SHARES

काठमाडौं । नेपाल समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका छन् ।

दुई दलका शीर्ष नेताहरुबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । आइतबार बिहान पनि माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता भएको छ ।

नेसपाका अध्यक्ष यादवका अनुसार समाजवादी गठबन्धन बनाउने र एउटै चुनाव चिह्न लिएर संयुक्त रुपमा जान दुबै दल सहमत भएका छन् । यसबारे आ–आफ्नो दलका छलफल गरेर निर्णयमा पुग्ने सहमति भएको भन्दै यादवले भने, ‘उहाँहरुको चुनाव चिह्न पुरानो छ, हाम्रो नयाँ छ, त्यसैले उहाँहरु (माओवादी) कै चुनाव चिह्नमा जाने सम्भावना छ ।’

माओवादी नेताहरुका अनुसार नेसपाका नेताहरुले प्रतिनिधिसभामा केही सिट निश्चित गर्नुपर्ने बताएका छन् । नेसपाका अध्यक्ष यादव भन्छन्, जोजो जितेको छ, त्यो त पाउने नै भयो । यसबारे हाम्रो उपस्थिति हेरेर प्रतिनिधिसभा र प्रदेशमा कति गर्न सकिन्छ हेर्ने हुन्छ होला ।’

नेसपाका अध्यक्ष भट्टराई गोरखा क्षेत्र नम्बर २ र यादव सर्लाही ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

जसपामा असन्तुष्ट रहेका कतिपय सांसद पनि आफूहरुको सम्पर्कमा रहेका नेसपाका नेताहरु बताउँछन् । नेकपाका एक पदाधिकारीका अनुसार भोलि साँझसम्म लिखित सहमति गर्ने तयारीका साथ गृहकार्य भइरहेको छ ।

तीन नेताबीच भएको भेटमा सत्तारुढ गठबन्धनमा नेसपाको सहभागिताबारे पनि कुराकानी भएको थियो । ‘हामी यो गठबन्धनको संस्थापक हौं, त्यसैले गठबन्धनमा हाम्रो हक लाग्छ, नेसपाका अध्यक्ष यादव भन्छन्, ‘यसका लागि वातावरण बनाउन हामीले आग्रह गरेका छौं, उहाँ सकारात्मक हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार