logo
बिहिबार, असोज २० २०७९
‘इन्गेजमेन्ट’ गरिसकेका मेलिना र सञ्जीवको ब्रेकअप !

‘इन्गेजमेन्ट’ गरिसकेका मेलिना र सञ्जीवको ब्रेकअप !


272
SHARES

काठमाडौं । चर्चित गायिका मेलिना राईले आफ्नो प्रेमी सञ्जिब बराईलीसँगको ‘इन्गेजमेन्ट’ तोडिएको जानकारी दिएकी छिन् । केहि समयपछि विवाह गर्ने भन्दै केहि महिना अघि पाँच वर्षअघि देखि नै आफुहरु प्रेम सम्बन्धमा रहेको र दुई वर्ष अघि नै ‘इन्गेजमेन्ट’ गरिसकेको भन्दै तस्बिर सार्वजनिक गरेकी थिइन् ।

तर मेलिनाले जति खुसीका साथ आफ्नो प्रेमीसँग चाडैं विवाह गर्ने भन्दै ‘इन्गेजमेन्ट’को तस्बिर सार्वजनिक गरेकी थिइन्, ठ्याकै उल्टो भइदियो बधाई त पाए तर धेरैले सामाजिक सञ्जालमा आलोचना र अप्रत्यक्ष रुपमा बिभिन्न कार्यक्रमा बहिस्कार गर्ने सम्मको कार्य हुन थालेपछि उनी सामाजिक र मानसिक तनावमा थिइन ।

उनले लेखेकी छिन,–

बिषय – Engagement तोडिएको जानकारी !
केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।
फेरि सबै engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको engagement तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित समाचार