आइतबार, कार्तिक ७ २०७८

कम्युनिस्ट पार्टीले मात्रै देश जोगाउन सक्छः केपी शर्मा ओली


  • दैनिक न्यूज नेपाल
  • बुधबार, भाद्र ३० २०७८
468
SHARES

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कम्युनिस्ट पार्टीले मात्रै मुलुक जोगाउने दावी गरेका छन् ।

बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले देशको सार्वभौमिकता र राष्ट्रियताको रक्षा कम्युनिस्ट पार्टिले मात्रै गर्नसक्ने दावी गरे ।

‘कम्युनिस्ट पार्टीले मात्रै देशको विकास र सुशासन कायम गर्न सक्छ । यस देशको गरिवी, पछौटेपन हटाउन र पूर्वाधारहरुको विकास गर्दै आधुनिक नेपाल निर्माण कम्युनिस्ट पार्टीले मात्रै गर्न सक्छ’ नेता ओलीले भनेका छन् ।

यस्तै आफ्नो पार्टी नेकपा एमाले अब परोपकारी संस्थाका रुपमा विकास हुने बताएका छन् ।

उनले भने, ‘यो पार्टी अब परोपकारी संस्थाका रुपमा विकास हुन्छ । परेको बेला पार्टी हाजीर हुन्छ ।’ यस्तै आगामी निर्वाचनपछि नेकपा एमाले नै पहिलो पार्टी बन्ने र सरकारको नेतृत्व गर्ने उनको ठोकुवा थियो ।

यसअघि उपमहासचिव विष्णु पौडेलले पनि आगामी चुनावपछि नेकपा एमाले पहिलो पार्टी बनेर सरकारको नेतृत्व गर्ने दावी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार